Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

सुर्खेतमा भारी वर्षा

सुर्खेत ।
हाल मनसुनी न्यून चापीय रेखा औसतभन्दा केही उत्तरतर्फ सरेकाले सुर्खेत लगायतका देशका विभिन्न स्थानहरुमा भारी वर्षा भइरहेको छ । निरन्तर मेघ गर्जनसहित वर्षा हुने भइरहेको छ । महाशाखाका अनुसार न्युन चापीय रेखा उत्तरतर्फ सरेको र बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिबिधि बढिरहेको छ । हाल पुर्वी तराइ, मध्य र पश्चिमका केहि स्थानमा सामान्य बदली भई मेघ गर्जनसहित वर्षा भईरहेको छ भने बाँकि भु–भागमा पनि आँसिक देखि सामान्य बादलिको अबस्था छ ।

Related image
देशका केहि स्थानहरुमा मेघ गर्जन चट्टङ्सहितको वर्षा हुने साथै मध्य तथा पुर्वी भु–भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहिरो जान सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

देशका मध्य तथा पश्चिममा वर्षाको भइरहेकोले सबैलाई सजकता अपनाउन मौसम विदहरुले अनुरोध गरेका छन् ।