Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

वृक्षारोपणले वीरेन्द्रनगरलाई ग्रीन सिटी बनाउने

सुर्खेत ।

संविधान दिवसको अवसरमा शनिबार कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा वृक्षारोपण गरिएको छ । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको नेतृत्वमा वीरेन्द्रनगरको मंगलगढी चोकदेखि एअरपोर्ट चोकसम्म ३०० विरुवा रोपिएको छ । शुक्रबार विभिन्न कार्यक्रम गरि संविधान दिवस मनाएको भएपनि कर्णाली प्रदेश सरकारले असोज २,३ र ४ गते विविध कार्यक्रम गरि संविधान दिवस मनाउने निर्णय गरे अनुसार शनिबार वृक्षारोपण गरिएको हो ।

संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने योजना अनुसार नै संविधान दिवस मनाइएको बताइएको छ । यसरी गरिएको वृक्षारोपणले वीरेन्द्रनगरलाई ग्रीन सिटी बनाउने कार्यमा समेत टेवा पुगेको बताइएको छ ।