Loading... आजः २३ असार २०८३, मंगलवार । Tuesday 7th July 2026
ताजा खबर
  

‘मिस सुर्खेत सिजन ३’ सँगै ‘मिष्टर सुर्खेत १’ हुने

सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगरमा मिस सुर्खेत सिजन ३ सँगै मिष्टर सुर्खेत १ हुने भएको छ । विगत ३ वर्षदेखि सुर्खेतमा आयोजना हुँदै आएको मिस सुर्खेत सिजनसँगै यस वर्षदेखि मिष्टर सुर्खेत सिजन भने सुर्खेतमा पहिलो पटक हुने भएको हो । युवाहरुमा भउको प्रतिभालाई प्रस्फुटन गर्ने र उनीहरुको क्षमता विकास गर्ने उद्देश्यका साथ मिस सुर्खेत सिजन ३ सँगै मिष्टर सुर्खेत १ गर्न लागिएको आयोजकको भनाई छ ।


बोल्ने शैली, समाजसेवजा, व्यवहार, शिक्षा, रहनसहनलगायतका पक्षहरुलाई आधार बनाएर मूल्याङ्कन गर्ने आयोजकले पत्रकार सम्मेलन गरेर बताएका छन् । युवा पुस्तामा रहेको कला तथा सकारात्मक पक्षहरुलाई उजागर गर्न प्रतियोगीतात्मक रुपमा आयोजन गर्न लागिएको आयोजक संस्थाका संयोजक कमल विष्टले पत्रकार सम्मेलनमा जानकारी दिए ।

सुर्खेतमा हुने उक्त प्रतियोगीतामा कर्णाली प्रदेश भित्र बसोबास गर्ने १६ देखि २६ वर्ष उमेर समूहका अविवाहित युवायुवतीले भाग लिन पाउने आयोजकले जनाएको छ । करिब ५ लाख खर्च लाग्ने उक्त प्रतियोगीताको फाइनल राउण्डमा प्रायोजक तथा टिकट बिक्रीबाट कार्यक्रमको खर्च व्यवस्थापन गरिने बताइएको छ । त्यसैगरी प्रतियोगीहरुले लिने तालिमबाट समेत त्यसको खर्च व्यवस्थापन गरिने लक्ष्य राखिएको छ ।

पत्रकार सम्मेलनमा सहभागी भएकी मिस सुर्खेत २०१८ की श्रृति खड्काले यस प्रतियोगीतामा भाग लिइसकेपछि आफ्नो बानीमा परिवर्तन आएको बताइन् । उनले भनिन्, ‘प्रतियोगीतामा भाग लिनु पूर्व क्यामेराको अगाडि उभिन समेत डर लागेको महसुस हुनु गर्दथ्यो । समाजमा हुने विभिन्न कार्यक्रमहरुमा बोल्ने बानीको समेत विकास भएको छ ।’ ‘अहिले पढाईको कारण सुर्खेतमै बसेको भएपनि भविष्यमा मास्टर पढ्नका लागि काठमाडौं गएमा अन्य राष्ट्रियस्तरका प्रतियोगीताहरुमा समेत भाग लिने इच्छा छ’ खड्काले भनिन् । नयाँ आउने प्रतियोगीहरुलाई राम्रो गर्न सुझाव दिँदै उनले भनिन् ‘कुनै पनि प्रतियोगीतामा भाग लिएमा जित्नै पर्दछ भन्ने होइन तर कडा मिहेनत भने गर्नु पर्दछ ।’

यसैगरि २०१८ मा फष्ट रनर अफ भएकी एकता देवकोटाले सुरुमा आफूलाई गाह्रो भएको भएपनि विस्तारै सबै कुरा सहज भएको बताइन । कतिपय कुराहरुमा समाज तथा घर परिवारले फरक ढंगले हेर्ने भएको भएपनि आफूले सही काम गर्न सकेको खण्डमा पछि सहयोग प्राप्त हुने उनले बताइन । यस प्रतियोगीतामा भाग लिएपछि आफूमा आएको परिवर्तनका कारण अहिले आफ्नो घर परिवारदेखि समाजसमेतले खुसी व्यक्त गरेकोमा आफू सन्तुष्ट भएको उनको भनाई थियो ।

प्रतियोगीतामा मूल्याङ्कनकर्ता ५० प्रतिशत स्थानीयस्तरका हुने र ५० प्रतिशत भने बाहिरबाट आउने बताइएको छ । ५० देखि ६० जनासम्मको सहभागीता रहने अपेक्षा गरिएको बुद्धिसिंह ठकुरीले बताए । ३ वटा मेन टाइटल र ७ वटा सव टाइटलको उपाधि दिइने योजना रहेको छ । फष्ट रनरअप, सेकेण्ड रनरअप, मिस व्यूटीफूल, वेष्ट वाल्क, मिस एण्ड मिस्टर ट्यालेन्ट, वेष्ट पर्सनालिटी, वेष्ट फिगर, वेष्ट स्माइल, वेष्ट स्कीन, भिवर्स च्वाइसलगायतका विधाहरु प्रतियोगीतामा समावेश हुने आयोजकको भनाई छ । आयोजकका अनुसार फाईनल प्रतियोगितामा सहभागि हुनुअघि प्रतियोगिलाई कन्फिडेन्ट डेभलप, मोडलिङ्ग, कोरियोग्राफि, पब्लिक स्पीकिङ, फोटो तथा भिडियो सुट, मेकअप क्लास, आरजे र भिजे ट्रेनिङ्गलगायतका इभेन्टहरुमा सहभागि गराइनेछ ।

आउँदो आइतबारदेखि फाराम खुला हुने उक्त प्रतियोगीता प्रथम हुनेलाई ५० हजार नगद पुरस्कार, क्राउन, गिफ्ट ह्याम्पर लगायतका पुरस्कारहरु रहने आयोजकले बताएको छ । प्रतियोगीतामा भाग लिनका लागि कम्तिमा एसएलसी वा एसइई पास गरेको हुनु पर्ने आयोजकले बताएको छ । फाराम संकलन पछि प्रतियोगिको छनोट गरिनेछ । अडिसनबाट छनोट भएकाले २० दिनको तालिमपश्चात उपाधीका लागि अन्तिम प्रतिस्पर्धा गर्ने छन् ।

यस अघि आयोजित प्रतियोगीतामा सिम सुर्खेत २०१७ र २०१८ भन्दा फरक यसपालिको विजेतालाई म्यूजिक भिडियोमा अभिनयको अवसर समेत व्यवस्था गरिएको आयोजकले बताएको छ । २०७१ चैत्रमा मुन मिडिया हाउसले आयोजना गरेको मिस सुर्खेत प्रतियोगीतामा रजना केसी मिस सुर्खेत भएकी थिइन भने एकता देवकोटा फष्ट रनर र मञ्जुश्री लम्साल सेकेण्ड रनर भएकी थिइन । यसैगरि सिजन २ मा श्रृति खड्काले मिस सुर्खेतको उपाधि हात पारेकी थिइन भने फष्ट रनरमा तिलाष्म गौतम र सेकेण्ड रनरको उपाधि आइसा लामाले हात पारेकी थिइन । सव टाइटल अन्तर्गत मिस व्यूटिफूलमा तीलाष्मा गौतम, वेष्ट वाल्क करुणा खड्का, मिस ट्यालेष्ट श्रुति खड्का, वेष्ट पर्सनालिटी आइसा गुरुङ्ग र रीना चौधरी, वेष्ट फिगर निलिमा पन्त र आइसा गुरुङ्ग, वेष्ट स्माइल रीना चौधरी, वेष्ट स्कीन लक्ष्मी थापा र भीवर्स च्वाइस धर्मा माझीले हात पारेका थिए । वेष्ट वाल्क वेष्ट मोडल अफ द एअर २०१८ प्राप्त गरेकी करुणा खड्काको समेत उपस्थिति रहेको थियो ।