सुर्खेतमा मनाइयो रेबिज दिवस
सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पनि विश्व रेविज दिवस २०१९ लाई मनाइएको छ । कर्णाली प्रदेशको भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा १३ औ विश्व रेविज दिवस २०१९ लाई एक कार्यक्रम गरि मनाइएको हो ।
सुर्खेतको वीरेन्द्रनगरको मंगलगढी चोकवाट शुरु भएको प्रभात फेरी वजार परिक्रम गरेर गनेशचोकमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा वोल्दै प्रदेश सरकारका प्रवक्ता एवम भुमि ब्यवस्था,कृषि तथा सहकारीमन्त्री विमला केसीले रेविजलाई नियन्त्ररण गर्न सरकार प्रतिवद्ध रहेको वताइन् । पशु स्वास्थ्यमा ध्यान दिदै रेविजलाई नियन्त्रण गर्न ब्यापकरुपमा जनचेतनामुलक कार्यक्रम संचालन गर्नुपर्नेमा मन्त्री केसीले जोड दिइन् । रेविजलाई नियन्त्रण गर्न जनशक्ति व्यवस्थापन र वजेटको अभाव हुन नदिने मन्त्री केसीले वताइन् । कर्णालीवाट रेविजलाई भगाउन सवैको सामुहिक दायित्व भएकोले योजना तथा कार्यक्रम संचालनमा रेविजलाई प्राथमिकता दिनुपर्ने केसीको भनाई छ ।
कार्यक्रममा वोल्दै मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीले कर्णाली प्रदेशवाट रेविजलाई नियन्त्रण गर्न निति तथा कार्यक्रममा पशुस्वास्थ्य कार्यक्रमलाई प्राथमिकता दिइएको वताए । रेविजसंगै अन्य रोगलाई उन्मूलन गर्न मन्त्रालय सधै प्रतिवद्ध रहेको जानकारी दिदै यो रोग नियन्त्रणमा लाग्न सवैमा अपिल गरे ।
दिवसका अवसरमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको २ मा रेविज विरुद्धको खोप लगाएको मन्त्रालयका पशुपंक्षि विकास महाशाखा प्रमुख पुश चिकित्सक दिपक भण्डारीले वताए । उनका अनुसार साविकको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सुर्खेतमा शनिबार दिनभरी कुकुरलाई खोप लगाइएको थियो । कार्यक्रममा पशुपंक्षि विकास निर्देशनालयका निर्देशक डा. टंकप्रसाद प्रसाई र पशुपंक्षि रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा. कृष्णराज पाण्डेले कर्णालीमा पशुस्वास्थ्यको अवस्था र रेविज रोगका वारेमा धारणा राखेका थिए ।
प्रभावकारी जनचेतनाका घरघरमा पालिएका कुकुरलाई खोप लगाउन थालेपछि रोगको प्रकोप विगतको तुलनामा केही घटेको मन्त्रालयका अधिकृत छैटौ कृष्णवहादुर विकले वताए । विकका अनुसार जनचेतनाको अभावमा विगत वर्षमा खोप नलगाउने हुँदा कुकुरहरु जंगली जनावरको सम्पर्कमा जाने र रेविज वढने हुन्थ्यो अहिले त्यो कम भएको छ । विकका अनुसार रोग नियन्त्रणका लागी शुक्रबार र शनिबार गरेर एक सय कुकुरलाई रेविज विरुद्धको खोप लगाइएको छ ।
कर्णाली प्रदेशको भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयको आयोजना तथा वीरेन्द्रनगर नगरपालिका पशुसेवा शाखा, पशुपन्छि विकास निर्देशनालय सुर्खेत, पशुपंक्षि रोग अन्वेषन प्रयोगशाला सुर्खेत, नेपाल पाराभेटेरीनरि एण्ड लाइभष्टक एशोसिएसन तथा सुर्खेत स्थित प्राविधिक शिक्षालयहरुको समन्वय रहेको थियो ।






