Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

तीन तहका सरकार हातेमालो गरेर अघि बढ्नु पर्छ : मन्त्री अर्याल

सुर्खेत
भुमी व्यवस्था गरवी निवारण तथा सहकारी मन्त्री पद्यमा कुमारी अर्यालले सहकारीहरु व्यवस्थित नभएपछि समाजमा हरेक प्रकारका विकृतिहरु बढ्ने बताएकी छन् । बुधवार वीरेन्द्रनगरमा सहकारी विभाग काठमाण्डौंले आयोजना गरेको सहकारी नियमन तथा व्रवद्र्धन विषयक अन्तरक्रिया कार्यक्रमको सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । ‘जताततै च्याउ जस्तै खुलिरहेका छन् सहकारी भोली सहकारीमैं लागेका मान्छेले पनि आत्महत्या समेत गर्नु पर्ने अवस्था नआउला भन्न सकिदैन ।’


मन्त्री अर्यालले भनिन्’ त्यसका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारले हातेमालो गरेर अगाडी बढ्नुको बिकल्प छैन । देश आर्थिक हिसाबले समृद्ध हुनमा सहकारीको पनि महत्वपुर्ण योगदान रहेबको भन्दै उनले वित्तिय कारोबार गर्ने संस्थाहरुमा खराब संकेत देखिएपछि दुर्घटना हुने बताइन् । जनताका प्रतिनिधीका रुपमा चु्निएको तिन वर्ष भएपनि अब काम देखाउने बेलामा यसरी विभिन्न जालोहरुमा अड्किन जनप्रतिनिधीले नहुने मन्त्री अर्यालले सुझाव दिइन् ।

सहकारी सम्बन्धि अधिकारुहरु स्थानीय तहलाई पनि आएको हुँदा देशभरीका ३४ हजार पाँच सय १२ सहकारीहरुलाई आवश्यक नीति नियम बनाई व्यवस्थित बनाउन सके आर्थिक समृद्धि संगै स्वरोजगार भई आत्म निर्भर हुनमा सहयोग पुग्ने बताइन् । यस्तै वीरेन्द्रनगरकी उपप्रमुख मोहनमायाँ ढकालले आम नागरिक संग जोडिएको सहकारीले मानीसहरुको जिवनस्तरलाई पनि परिवर्तन गरेको छ भने सहकारी भित्रकै सिस्टमका कारण कतिपय मानिसहरु विस्थापित हुनपरेको बताइन् ।

‘गाउँघरमा कतिपय मानिसहरुलाई आफु कुन–कुन सहकारीमा बसेका छौं भन्ने समेत थाहा हुँदैन, यताबाट सापटी लियो उता तिर्यौ गर्दा गर्दै ऋणमा फस्छ ।’ उपप्रमुख ढकालले भनिन्’ यस्ता प्रवृतिलाई अन्त्य गर्न सहकारीहरु नियमन गर्न जरुरी छ । दुईदिन सम्म चल्ने अन्तरक्रिया कार्यक्रममा सुर्खेतका ९ वटै स्थानीय तहका जनप्रतिनिधी, सहकारी अभियान्ता र सरोकारवालाहरुको सहभागिता रहेको छ ।