ट्याक्टर पल्टिदा ३७ विद्यार्थी घाइते
सुर्खेत ।
सुर्खेतको पश्चिममा रहेको बराहताल गाउँपालिकामा विद्यार्थी चढेको ट्याक्टर पल्टिदा ३७ जना घाइते भएका छन् । जनज्योती माध्यामिक विद्यालय बड्डीचौरको ट्याक्टर सोही विद्यालयका कृषिमा अध्ययनरत विद्यार्थी लिएर अमलाखाली जाने क्रममा ट्याक्टरको ट्रली पल्टिदा घाइते भएका हुन् ।

मौरीको मह काट्न विद्यालयदेखि करिब ३ किलोमिटर टाढा अमलाखाली जाने क्रममा ट्याक्टरको एक्कासी ब्रेक हान्दा सडकमै ट्रली पल्टिएको प्रहरी चौकी बड्डीचौरका प्रहरी सहायक निरीक्षक कृष्ण कँडेलले जानकारी दिए ।
उनका अनुसार घाइते ६ जनाको अवस्था गम्भिर रहेको छ भने अरुको अवस्था सामान्य रहेको छ । घाइतेलाई प्रदेश अस्पताल कालागाउँमा उपचारको लागि पठाइएको प्रसनि कँडेलले जानकारी दिए ।
घाइते विद्यार्थीहरुको अहिले प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । १ जनालाइ काेहाेलपुर रीफर गरीएकाे डा. डम्मर खड्रकाले बताए ।






