Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

मानव अधिकार सुदृढिकरणका लागी इन्सेकसँग सहकार्य गर्ने

सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिकाकी कार्यबाहक प्रमुख मोहनमाया ढकालले नगरपालिकाको मानव अधिकार संरक्षण तथा सुदृढिकरणका लागि इन्सेकसँग सहकार रसमन्वय गरी अद्धि बढने प्रतिबद्धता जनाएकी छिन् ।


इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा बुधवार सम्पन्न पारस्परिक परियोजना परियोजनाको परिचयात्मक तथा मानव अधिकार संरक्षण सम्बद्र्धनमा सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यबाहक प्रमुख ढकालले यस्तो प्रतिबद्धता जनाएकी हुन ।

वीरेन्द्रनगरनगरपालिकामा सुशासन कायम गर्न, शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकार स्थापित गर्न र मानव अधिकारको प्रत्याभुति दिलाउन इन्सेक लगायतका अन्य नागरि संघसंस्थाहरुसँग सहकार्यर समन्वय गर्न नगरपालिका तयार रहेको ढकालले बताईन । स्थानीय तहको सरकार सिक्दै र जनउत्तरदायी बन्ने तर्फ उन्मुख रहेको चर्चा गर्दै जनप्रतिनिधीहरुलाई रचनात्मक सुझावका साथ सहकार्य गर्न नागरिक संस्थाहरुलाई ढकालले आग्रह पनि गरिन ।

कार्यक्रममा इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले कानुन निमार्णको तयारीमा रहेको स्थानीय, प्रदेश तथा संघिय सरकारले जनताको आधारभुत आवश्यकता र मानव अधिकारको प्रत्याभुति हुने खालको ऐन कानुन निमार्ण गर्नुपर्नेमा जोड दिए ।
परियोजनाको उद्देश्य माथि प्रकाश पार्दै मानव अधिकार अधिकृत टिकाप्रसाद अवस्थीले परियोवजनाको कार्यक्षेत्र र अवधि, रुपरेखा, लक्षित समुह, सान्र्दभिकता र औचित्य, अपेक्षित प्रतिफल, सञ्चालन विधी, मानव अधिकार सुदृढिकरण कार्यक्रमको लक्ष्य तथा उद्देश्य, योजना गरिएको क्रियाकलाप,सञ्जाल निमार्ण, क्षमता विकास, आवश्यकता पहिचान र हिंसा निगरानी समुहको गठन गर्ने प्रतिवेदन प्रस्तुत गरेका थिए ।

वीरेन्द्रनगर नपाका १६ वडाका अध्यक्ष तथा प्रतिनिधी, नागरिक संस्थाका प्रमुख, अधिकारकर्मी, सुरक्षा निकायका प्रतिनिधी, यौनिक अल्पसंख्यकका प्रतिनिधी रसञ्चारकर्मीको उपस्थितीमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्री शम्सेर रानामगर, गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेशका अध्यक्ष हरि अधिकारी, महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्रीय सदस्य पवित्रा शाही र नागरिक सरोकार केन्द्रका अध्यक्ष पिताम्बर ढकाल लगायतले बोलेका थिए ।