विद्या भट्टराई विजयी
काठमाडौं ।
कास्की २ को उपचुनावमा सत्तारूढ नेकपाकी विद्या भट्टराई विजयी बनेकी छिन् । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई ८ हजार ४ सय ९ को मतले पराजित गर्दै उनी विजयी बनेकी हुन् । उनले २४ हजार ३ सय ९५ मत ल्याएर विजयी बनेकी हुन् ।
प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका उमेद्वार खेमराज पौडेलले १५ हजार ९८६ मत प्राप्त गरेका छन् ।
शनिबार राती १०स्३० बजेदेखी सुरु हुने भनिएको मतगणना राजनैतिक दलहरुबिच शिलबन्दी रुजुको विषयमा विवाद भएपछि १स्४० मा मात्रै सुरु भएको थियो ।
यसअघिको निर्वाचनमा तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीले उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले पराजित गरेका थिए । जित सँगै नेकपाले कास्की २ मा आफ्नो किल्ला कायम राख्न सफल भएको छ ।
उनलाई खेमराज पौडेलले खादा ओढाएर बधाई दिएका छन् ।






