Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

कर्णालीबाट सहभागि एक्ला खेलाडी दिपकले पाए स्वर्ण

सुर्खेत ।

१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) कर्णाली प्रदेशबाट सहभागि एकमात्र खेलाडी दिपक हमालले स्वर्ण पदक प्राप्त गरेका छन् ।
मंगलबार र बुधबार लगनखेल स्थित आर्मी ट्रेनि¨ सेन्टरमा भएको प्रतियोगितामा उनले उसु तर्पm स्वर्ण पदक प्राप्त गरेका हुन् । दिपको यो पहिलो साग यात्रा हो । उनले प्रतिस्प्रधी भारतिय खेलाडी साजन लामालाई हराएका थिए । दिपकले नान्छ्वान अलराउण्डमा ९ दशमलव ७ र नानकुनमा ९ दशमलव ६१ गरी १९ दशमलव ३२ अंक प्राप्त गरे भने उनका प्रतिस्प्रधी लामाले १९ दशमलव १२ अंक पाए ।

स्नातक सम्मको अध्यन गरेका दिपकको घर भेरी गंगा नगरपालिका छिन्चुमा रहेको छ । कर्णाली प्रदेशबाट आँफु मात्र सहभागि भएको र आप्mनो विधामा स्वर्ण हात पार्न सकेकोमा गर्व महशुस गरेको उनको भनाई छ । कर्णाली सरकारले खेलाडीका लागि खासै केही गर्न नसकेको उनको दुःखेसो छ ।

उसुका प्रशिक्षक रमेश तुलाधरले कर्णाली सरकारले यस प्रदेशका खेलाडीको भविश्य सुनिश्चित गर्न जरुरी रहको बताए । ‘दिपकले कर्णालीका लागि स्वर्ण दिलाएकोमा हामी अति खुशी छौं’ उनले भने, ‘खेलाडीहरु यो क्षेत्रबाट विस्थापित हुनबाट कर्णाली प्रदेशले रोक्नुपर्छ ।’