Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

युवा, उर्जा र समुचित सदुपयोग

युवा भित्र भएको उर्जा र निराशालाई राज्यले समयमै चिन्न सकेन भने देश प्रगतिको बाटोमा जान सक्दैन । जुन देशले युवाको उर्जाको समुचित सदुपयोग र निराशाको समयमै व्यवस्थापन गर्न सक्छ त्यहि देश समृद्धिको दिशा तर्फ जान्छ । युवाहरुलाई साँच्चै देश विकासमा लगाउने हो भने विभिन्न मोडेलहरुको विकास गरि काम गर्नुपर्दछ । त्यसका लागि समाजको वस्तुगत विश्लेषण गरि योजनाहरु निर्माण गर्नुपर्ने हुन्छ । यस्तो योजना भित्र युवाहरु प्रतिविम्वित हुनुपर्दछ ।

Image may contain: 1 person, closeup
चन्द्र बहादुर शाही

सामाजको अवस्था कस्तो हुने ? योजनाहरुको छनौट तथा निर्माण कसरी हुन्छ ? गाँउ समाजमा निर्माण भएको वा हुने विभिन्न उपभोक्ता समितिहरु, व्यवस्थापन समितिहरु, चलिरहेका चलन र संस्कारहरुमा युवाहरुको सहभागीताको लागी युवाहरुले नै बिषेश चासो दिएर लाग्नुपर्ने हुन्छ । जस्ले गर्दा विद्यमान श्रोत र साधनको सहि पहिचान र उपयोगको ढोका खुल्छ । यसका लागी युवाहरुले समाज विकासको सकारात्मक बाटो समाउनुपर्ने आवश्यकता छ । व्यक्तिबाट समाज, समाजबाट गाँउ बन्छ, गाँउ बनेमा जिल्ला बन्छ र जिल्ला बन्यो भने मात्र देश बन्न सक्छ त्यसैले देशको विकास गर्ने हो भने समाज विकासको क्रम देखि नै युवाहरुको सहभागीता गराउदै जानुपर्ने हुन्छ । समाजमा हुने विभिन्न खाले विकृतिहरु हटाउनका लागी युवाहरु नै अग्रसर हुनुपर्ने हुन्छ ।

भनिन्छ संसार भरि ११ वटा मात्र देशहरु हुँदा अमेरिका भन्ने देश थिएन रे । तर आज हामी भन्दा कान्छो मुलुक अमेरिका कहाँ छ ? तर हामी कहाँ छौ ? हामीलाई १०४ बर्षिय राणाहरुले शासन गर्ने बेलामा, भारतमा ब्रिटिसहरुले शासन गर्थे रे । २००७ सालमा हामीले राणा शासनको अन्त्य गर्दा त्यसैको सेरोफेरोमा भारतले ब्रिटिसरुलाई आफ्नो देशबाट हटाएको थियो रे । ठिक त्यसैवेला चिनमा जापानिजहरुले शासन गर्थे रे, यसैको सेरोफेरामा चिनियाहरुले जापानिजहरुलाई लखेटेका थिए रे । तर आज हामी सँगसगै स्वतन्त्र भएका हाम्रा दुई ठुला छिमेकी देशहरु कहाँ छन ? हामी कहाँ छौ ? यस बिषयमा गम्भिर भएर समिक्षा गर्ने वा सोच्ने वेला आएको छ । के युवाहरु अव पाटी, चौताराहरु र चिया पसलहरुमा गफ मात्र गर्ने कि देश विकासमा लागी केहि गर्ने ? राज्यले ठोस निति ल्याएर यी युवाहरुलाई देश विकासमो मुल प्रवाहामा लगाउनुपर्ने वेला आएको छ । अमेरिका, भारत र चिन त्यसै वनेका हैनन् ।

युवाहरुको यसमा ठुलो लगानी रहेकाले नै बनेका हुन । देश विकासको अवसरमा धैरै युवा जनशक्ति छ । अवसहरहरु पनि थुप्रै रहेका छन । बर्षेनी करिव पाँच लाख युवाहरु बजारमा आउछन । खाली यीनीहरुलाई विकासका कुराहरुमा अवसरको खाँचो छ । लाखौ युवाहरु अवसरवाट बन्चित भएर देश विकासको मुल प्रवाहवाट बाहिरीएका छन । ति देशहको विकासमा पनि युवाहरुको सहभागीत विना सम्भव भएका हैनन् । दुवै, मलेसिया, कतार लगाएतका खाडी मुलुकहरु हेर्ने हो भने जसरी विकासको गतिमा जसरी अगाडी लम्कीरहेका छन । ती देशहरु बनाउनमा पनि नेपाली युवाहरुको ठुलो हात रहेको छ । अरु देश बनाउन सक्ने युवाहरुले हाम्रो देश बनाउन सक्दैनन र ? अवस्य सक्छन तीनीहरुलाई एउटै कुराको खाचो छ । योजनाबद्ध विकास निर्माण प्रक्रियमा युवाहरुको सकारात्मक र अर्थपुर्ण सहभागीता र देश भित्रै प्रशस्त रोजगारीको सृजना, यति भयो भने मात्र हाम्रो देशले बिकासले गति लिन सक्छ ।

त्यसका लागी अव युवाहरुलाई देश विकासको बाटोमा लगाउने हो भने राजनितिमा मात्र प्रयोग हैन राजनिति भनेको युवाहरुले बुझ्ने, निति निर्माण गर्ने र समाज रुपान्तर गर्ने तर्फ लम्काउनु पर्दछ । भन्निछ युवाहरु भनेका विद्रोहका बन्दुक मात्र हैनन् सृजनाका संवाहक पनि हुन । हाम्रो देशमा मा त के भयो भने ठुल्ठुला राजनितिक परिवर्तनमा युवाहरुको ठुलो योगदान रहयो । तर निति निर्माण र विकासमा सहभागीता भएन । खाली राजनितिमा बलको रुपमा मात्र प्रयोग भए तर निति निर्माण र कार्यन्वयन गर्दा युवाहरुको खोजी गरिएन । राजनिति दलहरुले चुनावहरुमा मसलको रुपमा मात्र प्रयोग गरियो ।

अवसर आउदा बन्चित गरियो युवाहरुलाई अनि कसरी आउछ नँया सोच ? अनि कसरी हुन्छ विकास ? उमेर काटेकाहरुले त न देश बनाउने सपना देख्न सक्छन न त आफ्नो घर परिवार वनाउने सपना ? खाली निदाएर मात्र सपना देख्न सक्छन सपना । सपना भनेको त निदाए देख्ने हैन निदाउन नदिने सपना पो देख्न सक्नुपर्छ । ननिदाएर निदाउन नदिने सपना देख्न सक्ने जमात भनेको त युवाहरुको मात्र हो । यसमा न त युवाहरु लाग्न सके न त हाम्रो देशको नितिले नै दियो । न त हाम्रा अभिभावकहरुले न त सरोकारवाला निकायहरुले । यस कुरामा अव पनि बेलेमा नसोच्ने हो भने हाम्रो देशले विकासको गति लिन सक्दैन । आगामी दिनहरुमा अहिलेको जस्तो युवा जमात पनि पाउन मुस्किल पर्ने देखिन्छ । अहिले युवाहरु लक्षित कतिपय कार्यक्रमहरु पहुँचका आधारमा आफ्ना नजिकका लाई बाड्ने प्रवृति देखिन्छ । अब यसलाई उल्टाएर केहि गरौ भन्ने उर्जाशील युवा समक्ष कार्यक्रमहरु लक्षित गरिनुपर्छ । जस्ले गर्दा अधिकतम प्रतिफल प्राप्त गर्न सकियोस ।

यति कुरा गरिरहदा हामीले खाली सरकारको वा राज्यको निति लाई मात्र पनि ताकिरहनु हुदैन । कतिपय विकासहरु त आफै पनि भइरहेका छन भएका छन । यसका लागी हाम्रो समाजलाई हेरियो भने पनि देख्न सकिन्छ । समाज आफनै गतिले चलिरहेको छ । कतिपय निति नियमहरु पनि आफै बनिरहेका छन । समाजको रिती, रिवाज, कला, संस्कृति, चाल चलनहरु र संस्कारहरु त्यसैमा आधारित रहेर विकासमा गतिहरु आफ्नै तरिकाले अघि बढिरहेका छन । त्यसमा युवाहरुको हस्तक्षेपकारी सहभागीत खै ? स्वंय युवाहरुले सोच्नुपर्ने बेला पनि आएको छ । खाली युवाहरु महत्वकाँक्षी कुराहरु मात्र मनमा राखेर हिड्नु हुदैन । ती महत्वकाँक्षी कुराहरु पुरा गर्नका लागी पनि युवाहरु आफै लाग्नुपर्ने हुन्छ । अहिलेको केहि प्रविधिको सहि सदुपयोग नगर्दा पनि युवाहरु बिग्रिएको देखिन्छ । तिनिहरुलाई पनि सहि सदुपयोग गरेर समाज रुपान्तरको बाटोमा लाग्नुपर्ने हुन्छ ।

देशलाई आज विदेशीका लागि जनशक्ति उत्पादन गर्ने थलो बनाइँदै छ । आज सानो उमेरदेखि नै एउटा बालकलाई उसको अस्तित्व यो देशमा नभई बाहिर देखाइन्छ, विद्यालय जाँदा उसको कार्यस्थल यहाँ नभई विदेशमा खोज्न सिकाइन्छ । हामी श्रमको सम्मान गर्न हिच्किचाउँछौ, एउटा श्रमिकलाई सम्मानित नजरले हेर्दैनौं । त्यसैले यहाँ काम गर्नुको सट्टा ऊ विदेशलाई नै आफ्नो कर्मथलो ठान्छ । यस्तो अवस्थामा देशले समृद्धितर्फ कोल्टो फेर्ने अवस्था आउन अझै केही समय पर्खिनुपर्ने देखिन्छ । यद्यपि, युवाको सक्रियतामा यस्तो मानसिकता चिर्न सकेमा समृद्ध नेपाल निर्माण गर्न असम्भव भने होइन ।

परिवर्तनका सम्वाहक, समाजको समृद्धिको मेरुदण्ड भनेको त्यो समाजको युवा शक्ति नै हो । युवा उमेर मात्र होइन, युवा प्रवृत्ति हो, दृष्टिेकोण, जोश, जाँगर र हिम्मत हो । यो कुनै पनि देशको भविष्यको सबैभन्दा ठूलो पुँजी हो । युवा शक्तिकै बलमा मात्र देश, दुनियाँ र समाज अगाडि बढ्न सक्छ । चाहे त्यो विश्वम युद्धताका हिटलरको पालामा होस् वा प्रविधिको युगमा होस्, युवा वर्ग नै हो युद्धमा होमिएर आफ्नो देशको अस्तित्व बचाउने, युवा वर्ग नै हो नयाँ प्रविधिको खोज अनुसन्धान गरेर विश्वमाझ आफू र आफ्नो राष्ट्रलाई चिनाउने । समृद्ध नेपालको सपना असम्भव होइन, युवाले चाहेमा समृद्ध नेपाल सम्भव बन्नेछ । रसियाका महान मानवतावादी साहित्यकार लियो टोलस्टोयले ‘युद्ध र शान्ति’ नामक पुस्तकको अन्तिम विवरणमा ’क्रान्ति विचारको उपज होइन, यो त युवाको परिवर्तनको चाहना हो’ भनेर लेखेको भनाइले पनि युवा वर्गको समाज रूपान्तरण गर्ने कतिसम्म सामथ्र्य हुन्छ भन्ने कुराको पुस्ट्याइँ गरेको छ ।

संसार परिवर्तन गर्न चाहनेले सुरुआत पहिले आफैँबाट गर्नुपर्छ । तसर्थ, अब हरेक युवाले यो राष्ट्रप्रतिको दायित्वलाई मनन गर्दै समृद्ध नेपाल निर्माणका लागि अहोरात्र खटिनुपर्छ । हरेक युवाले बिदेसिनुलाई गौरव मान्ने मानसिकतालाई तोड्दै, सबैजनालाई नेपालको समृद्धिको आभाष गराउँदै राष्ट्रिय मनोविज्ञानमा रहेको हीनताबोधको रोगलाई हटाएर समृद्ध नेपाल निर्माणमा लाग्नुपपर्छ । त्यसकारण युवा वर्गले अब निराशामा होइन, आशामा बाँच्नुपर्छ । विगतको चिन्ता होइन, भविष्यको चिन्तन गर्न थाल्नुपर्छ अनि मात्र सम्भव हुन्छ समृद्ध राष्ट्रको सपना । समृद्ध नेपालको पूर्वसर्त भनेकै नयाँ सोच र ऊर्जाशील नेतृत्व हो ।

राजनीतिलाई एउटा फोहोरी खेल भनेर यसबाट पन्छिन खोज्ने युवा मानसिकतालाई तोडेर अब सबै क्षेत्रमा युवा नेतृत्वको आवश्यकता छ र मुलुकको नेतृत्व गर्न आफूलाई विकास गर्दै नयाँ सोच, नयाँ विचार र ऊर्जाशील भएर लाग्नुपर्छ । राष्ट्र निर्माणमा मात्र आवश्यकता छ त युवाको अनुसन्धानको, युवाको सिर्जनाशीलताको, नवीनताको, उद्यमशीलताको र युवाकै नैतिक नेतृत्वको ।

देशमा विद्यमान समस्याको पहिले पहिचान गरेर त्यसको समाधानको बहस अब युवा वर्गले चलाउनु पर्छ । देशलाई कसरी विकास गर्न सकिन्छ भन्ने कुराको बहसमा युवा स्वयं संलग्न र क्रियाशील भई विकास र समृद्धिको नयाँ दृष्टिकोण एवं योजना निर्माण गर्नुपर्छ । देशको ऊर्जा, सडक सञ्जाल, सिँचाई, सहरी विकास र आधुनिकीकरण, वन संरक्षण, कृषि जस्ता दीर्घकालीन योजनाको मार्ग्चित्र तयार गर्न अहिलेबाट सुरु गर्नुपर्छ । चेतनामा आधारित विकासको परिकल्पना युवा वर्ग आफैँले गर्नुपर्छ । बहु–विदेशी निगमको कब्जाबाट देशलाई जोगाउनुपर्छ । हरेक श्रमलाई सम्मान गर्दै श्रम गर्ने बानी बसाल्दै विज्ञानको सदुपयोग गर्दै, यही देशमा बसेर भएको अवसरको प्रयोग गर्दै उद्यमशीलता विकास गर्दै गए समृद्ध नेपालको सपना साकार हुनसक्छ ।

समृद्ध राष्ट्र निर्माणको लागि आधुनिक समयको मागअनुसारको दक्ष र प्रविधियुक्त जनशक्ति पहिलो सर्त हो । अनुशासित, स्वावलम्बी, सिर्जनशील र उद्यमशील युवा जनशक्ति अर्को महत्वपूर्ण आधार हो । राष्ट्रिय पहिचान, राष्ट्रिय गौरव एवं स्वाभिमानयुक्त नीति र नेतृत्वबाट मात्र युवा वर्गमा आशा, भरोसा र उत्प्रेरणा जगाउन सकिन्छ । यसका लागि मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, विकास निर्माणलगायत हरेक क्षेत्रमा युवाले नै नेतृत्वदायी र हस्तक्षेपकारी भूमिका खेल्नुपर्दछ । तसर्थ, राष्ट्र निर्माणका लागि अब युवा नै अगि सर्नुपर्छ, युवाले नै यसको नेतृत्व लिनुपर्छ ।