Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

सफला एकादशी तथा सबैभन्दा छोटो दिन आज

सुर्खेत ।

हिन्दू धर्मशास्त्रमा एकादशीको ठूलो महत्व रहेको हुन्छ । बर्षको चौबीसवटा एकादशी मध्ये सफला एकादशी पौष महिनाको कृष्णपक्षको एकादशी हो । सफला एकादशीको ब्रतको फल ठुलाठुला महायज्ञभन्दा पनि धेरै हुने धार्मिक विश्वास रहेको छ । पद्मपुराणमा बताइए अनुसार सफला एकादशी ब्रतको अनुकम्पा सयौं महायज्ञहरुभन्दा धेरै हुन्छ । सफला एकादशीलाई पापहरुबाट मुक्ति र कल्याणको एकादशीको रुपमा पनि लिइन्छ ।

एकादशीका दिन भगवान् विष्णुको श्रद्धा भक्ति एवं विधीपूर्वक पूजा गरिन्छ । पूण्य मन्त्रहरुद्वारा देवदेवेश्वरहरि बिष्णुको पूजा आराधना गरिन्छ भने राती जाग्राम पनि बसिन्छ । यस एकादशीको ब्रतपछि गूरु ब्राम्हणहरुलाई दिप अथवा दियो दान गर्नु फलदायी मानिन्छ । अरु एकादशीमा झै सफला एकादशीमा पनि सात्विक आहार व्यवहार गरी ब्रत बस्नु पर्दछ ।

एकादशीका दिन बिहानै उठेर स्नान गरी शुद्ध भई शिरमा श्रीखण्ड चन्दन लगाई भगवान बिष्णुलाई कमल अथवा बैजयन्ती फूल, गंगाजल, पञ्चामृत, धूपदीप, नैवेद्ध चढाएर पूजा गर्नु पर्दछ । भोलीपल्ट द्वादशीका दिन बिहानै ब्राम्हण तथा गुरुलाई भोजन गराएर दक्षिणा दिईसकेपछि मात्रै ब्रतालुले भोजन गर्नु पर्दछ । यसप्रकार सफला एकादशी ब्रत विधी पुरा गरेको खण्डमा अखण्ड फल प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । यस एकादशीको ब्रत बस्ने सवैलाई सफलता प्राप्त हुने भएकोले यस एकादशीको नामै सफला एकादशी भएको हो ।

 

सबैभन्दा छोटो दिन

एक वर्षमा ३६५ दिन हुन्छ, त्यस ३६५ दिन भित्र सुर्य चन्द्रमा लगायत सबै ९ ग्रहले आ–आफ्नै समय अनुसारले सौर्य मण्डलमा परिक्रमा गरिरहेको हुन्छ । त्यस अन्तर्गत विशेष गरि अहिले हाम्रो चलन चल्तीको दिन तथा गतेहरु सुर्यको गतिलाई आधार मानेर निर्धारण भएका हुन्छन् । वर्ष दिन भरिमा पर्ने दिनहरु मध्य हामि सबैले जाने बुझे अनुसार जाडोयाममा छोटा दिनहरु हुन्छन् भने गर्मि महिनामा लामो दिन हुन्छन् ।

यसवर्ष असार ६ गते वर्षकै लामो दिन भएको थियो भने आज अर्थात पुष ६ गते सबै भन्दा छोटो दिन परेको छ । आजको दिन पृथवीमा सुर्यको प्रकाश सबैभन्दा थोरै समयको लागि पर्ने गर्दछ । आज बिहान सुर्योदय देखि सुर्यअस्तसम्म वर्षका ३६५ दिन मध्य आजकै दिन छोटो समय मात्र पृथ्वी उज्यालो हुने गर्दछ । आजको दिन देखि अब आउने दिनहरुमा दिनहरु बिस्तारै लामो हुने गर्दछन् । यो क्रम तबसम्म चलिरहन्छ जबसम्म सबै भन्दा लामो दिन फेरी आउदैन र त्यो दिनपछि फेरी दिनहरु छोटो हुन थाल्छन् ।