Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

नेवाः मिसा दवुको अध्यक्षमा श्रेष्ठ

सुर्खेत ।

कर्णाली प्रदेश को राजधानी सुर्खेतमा नेवाः मिसा दवुको नया कार्य समिति गठन भएको छ । उर्मीला श्रेष्ठको अध्यक्ष्यतामा १३ सदस्यीय नेवाः मिसा दवुको नया कार्य समिती गठन गरिएको हो ।

उपाध्यक्षमा रुकमणी श्रेष्ठ, सचिवमा कृति शाक्य गुभाजु, कोषाध्यक्षमा सिया कार्की तथा सह सचिवमा कमला श्रेष्ठ रहेका छन। यस्तै सदस्यहरुमा लक्ष्मी मानन्धर, कृष्णा श्रेष्ठ, बिध्या श्रेष्ठ, सीता श्रेष्ठ, गिता श्रेष्ठ, चन्द्रा श्रेष्ठ, सुमित्रा तुलाधर र सीता श्रेष्ठ रहनुभएको छ । नेवाः दय दवुका अध्यक्ष तिला श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

जिल्लास्तरीय नेवास् महिला भेलाको प्रमुख अतिथि नेवाः मिसा दवु का केन्द्रीय अध्यक्ष रस्मिता प्रजापति, विशेष अतिथि केन्द्रीय कोषाध्यक्ष अर्चना तण्डुल्कार, सल्लाहकार धुर्व कुमार श्रेष्ठ र जीवन कुमार शाक्य लगायतको उपस्थिति रहेको थियो ।