Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

कर्णालीका अर्गानिक बस्तु अन्र्तराष्ट्रिय बजारमा

प्रथम राष्ट्रिय औद्योगीक ब्यापार, कृषि, नविनतम प्रबिधि प्रदर्शनी र पर्यटन महोत्सव २०७६ मा ४० प्रतिशत अर्गानिक वस्तुहरु राखिएको आयोजकले जनाएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले उद्यमीहरुलाई प्रोत्साहन गर्नुका साथै उत्पादित वस्तु अन्तराष्ट्रिय स्तर सम्म पुगाउनका लागि आयोजना गरिएको महोत्सवमा ४० प्रतिशत अर्गाानिक वस्तुहरु उपलब्ध छन ।

महोत्सवमा १० वटै जिल्लामा उत्पादन हुने बिभिन्न कृषि उपज र फेन्सी सामाग्री लगाएतका स्थानिय स्थरका वस्तहरुगरि झण्डै ४० प्रतिशत अर्गानिक मैत्री भएको नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशका वरिष्ठ उपाध्यक्ष दिपक बहादुर बुढाले बताए । महोत्सवमा हुम्ला, जुम्ला लगायतका जिल्लामा उत्पादन हुने खाद्यन्न उपलव्ध भएकाले यसले कर्णाली प्रदेशको गौरब बढााउने निश्चित भएको व्यावसायिहरुको धारणा छ ।

महोत्सवमा मकै, कोदो लगाएत मार्सिचामलको खिर, फापरको मस्म लगाएतका खाने परिकार पाईने उद्यमीको भनाई छ ।महिला उद्यमीहरुले पनि कोदो मकै लगाएतका अर्गा्निक खाद्यन्नबाट बिभिन्न खानाको परिकार बनाएका छन ।