Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

गजल – बिष्णु कुमार खड्का

आउनुस कर्णालीमा यसपाली घुमौ कर्णाली नारा देखाइदिन्छु ।
आफै खुट्याउनुस सुनेको र देखेको कर्णाली सारा देखाइदिन्छु।।
।।१।।
भेरी, कर्णाली र राप्तिको त्रीबेणी हो कर्णालीको नयाँ पहिचान ।
आउनुस कर्णालीमा धर्तिमै आकासका जुन तारा देखाइदिन्छु ।।
।।२।।Image may contain: Bishnu Kumar Khadka, smiling, closeup
रोग, भोक, अशिक्षा, अन्धकार र गरीबी मात्र होइन कर्णाली ।
प्राकृतिक सुन्दरता,छाङ्गा, छहरा र लहरा पहारा देखाइदिन्छु ।।
।।३।।
राप्ती, भेरी र कर्णालीको छालसङ्गै कर्णालीमा होमिनुहोला ।
शे-फोक्सण्डो, कुभिण्डे, स्यार्पु, बुलबुले र रारा देखाइदिन्छु ।।
।।४।।
खस भाषा सभ्यता, जाती जनजातिको उद्गमस्थल हो कर्णाली ।
बिबिध जातिका मौलिक कला-सस्कृतीको पारा देखाइदिन्छु ।।
।।५।।
काक्रेबिहार, पन्चकोषी, चन्दननाथ हुँदै मानसरोवर जानुहोला ।
युद्ध पर्यटनको केन्द्र हेर्नु होला, पिलि अनि खारा देखाइदिन्छु ।।
।।६।।
भौगोलिक बिकटतासङ्गै आत्मिय मनको निकटता चिन्नुहोला ।
तातोपानीमा नुहाउदै प्यास मेट्नुहोला ढुङ्गे धारा देखाइदिन्छु ।।
।।७।।
जल,जमिन,जङ्गल,जडिबुटी र जैविक बिबिधताको खानी हो ।
तैपनि हालत उहि किन भयो विकासका तगारा देखाइदिन्छु ।।