Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

छोरी हुन त जयन्ती जस्तै, चेली हुन् त जयन्ती जस्तै

सुर्खेत
दैलेखमा जन्मेर सुुर्खेतमा अध्ययन गरेर हाल अमेरिकामा बस्दै आउकी जयन्ती थापा समाजसेवाका क्षेत्रमा कुनै नौलो नाम होइन । जयन्ती पछिल्लो समय आफ्नो कर्मले नेपालीहरु माझ चिर परिचित भइसकेकी छन् । समाजमा केही गर्नु छ भने भित्रैदेखि मनोभावना आउनु पर्छ । कसैको लेखासिकीमा वा लहलहैमा लागेर गरेको समाजसेवा दीर्घकालिन हुन सक्दैन ।

Image may contain: 1 person, smiling, standing
करिब एक दशकदेखि अमेरिकामा रहँदै आएकी जयन्तीले गरेका समाजसेवाका कारण कति अनाथ बबालबालिकाहरुले पढ्न पाएका छन् कति रोगीहरुले औषधी पाएका छन् भने कति वृद्धवृद्धा आमाबाबाहरुले न्यानो पाएका छन् । जयन्तीले गरेका कार्यहरुले उनलाई मात्र होइन अहिले दैलेखी, सुर्खेती चेली भनेर गर्व गर्न सक्ने स्थान बलियो बनाएको छन् । कुनै पनि समस्या प¥यो कि जयन्ती भनेर सम्झन्छन् समाजमा । त्यसैले त आजभोली सुखदुःखमा परेकाहरु भन्छन् छोरी हुन त जयन्ती जस्तै चेली हुन त जयन्ती जस्तै ।

हेरौ भिडियोमा जयन्तीले गरेका कार्यहरु:

भिडियो कर्णाली टाइम्सबाट साभार