Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

भोली सार्वजनिक विदा

सुर्खेत । माघे संक्रान्तिको अवसरमा कर्णाली प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । प्रदेशभरी लागुहुनेगरी सरकारले सार्वजनिक विदा दिएको हो ।

माघी पर्व थारु समुदायको पर्व हो तर कर्णालीमा थारु समुदायको कम बाहुल्यता रहेकाले सबै समुदायका लागि माघ १ गते सार्वजनिक विदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुल खड्काले जानकारी दिए ।

उनले प्रदेशमा बसोबास गर्ने बहुसंख्यक हिन्दु समुदायहरुले माघे संक्रान्ति मनाउने चलन रहेकाले पनि सार्वजिनक विदा दिएको बताए ।

मन्त्रालयले साउन १ गते साउने संक्रान्ति तथा देउडा पर्व, प्रदेश स्थापनामा सहादत प्राप्त गरेकाहरूको सम्झनामा भदौ ४ गते शहिद दिवस, माघ १ गते माघे संक्रान्ति, चैते दशैं र फोत्तोलो ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको प्रवक्ता खड्काले जनाए ।