Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

आमाबाबु दुबै बराबरी

कुनैपनि प्राणीले धर्तिमा जन्म लिनका लागि आमाबाबा चाहिन्छ नै । आमाबाबा बिना यो संसारमा जन्म लिन सम्भव छैन । आफ्नो मुटुको टुक्राको रुपमा यस धर्तिमा जन्म दिइसकेपछि आफ्नो सन्तानलाई माया गर्नकै लागि, पालनपोषण गर्नकै लागि आमाबाबुले आफ्नो धेरै दुख गरेका हुन्छन् । आमा र बाबु दुबैको कर्तव्य र जिम्मेवारी उत्तिकै हुन्छ । आमाले गर्ने माया र बाबुले निभाउने कर्तव्य दुबै महान छन् । त्यसैले आमा र बाबु दुबै महान छन् । धेरै जसो यो दुनियाँमा आजसम्म धेरै शीर्षकमा लेखिएको कविता कुन हो भन्दा ‘आमा’ भन्ने उत्तर आउँछ । आमाको जति प्रशंसा बाबुको भएको छैन । आमाका बारेमा जति गीतहरु लेखिएका छन् बाबुको बारेमा त्यत्ति लेखिएका छैनन् । आखिर आमा र बाबु दुई विना संसारको नियम ठप्प हुँदैन र ?

कल्पना शाही

हामी आमा बाबा दुबैको माया र सहारा विना जन्मन, हुर्कन, बढ्न र पढ्न सम्भव छैन् यहाँ । त्यसैले भनिन्छ, आमाको त्यो फुटेका खुट्टा देखेर आमालाई कहिल्यै हेला नगर्नु र बाबाको फाटेको जुता लगाएको देखेर बाबालाई हेला नर्गनु । किनकी त्यो सब हाम्रो सुखका खातिर भएको हो ।

हामी सबैको लागि बुबा भनेका घरका जग हुन । जग बिनाको घर हामीले कल्पनासम्म पनि गर्न सकिदैन । जसो तसो घरमा बाबाले टेका लगाएर बसे पनि बाबाको मनमा सधैँ चिन्ता यही हुन्छ । भोलीको लागि के गर्ने होला । त्यसैले बाबा पनि आमा जतिकै महान छन् ।

आफ्नो सन्तानको खुसीको लागि अरुको काम गरेर कहिले घोडा बन्छन् । बुबा कहिले कसैको भारी भोकेर भरिया बन्छन् । आफु त्यसैमा खुसी भएको महसुश गरेका हुन्छन् । सन्तानकै लागि देश विदेश धाउँछन् बुबा । मुख खोल्दैनन् बुबाले तर आफ्नो सन्तानलाई अप्रत्यक्ष रुपमा माया गर्दछन् । हामीले कुनै पनि बच्चा बच्चिलाई सोध्नु हुँदैन कि आमाको माया बढि लाग्छ कि बुबाको भनेर । यसले बच्चाको कलिलो मानसिकतामा नराम्रो असर पार्न सक्छ । मनोवैज्ञानिक रुपमा मैले आमालाई वा बाबालाई कसलाई बढि माया गर्नुपर्छ भनेर नराम्रो छाप पर्न सक्छ । त्यसले कालान्तरमा पनि असरमा पार्न सक्छ । सन्तान जन्माउँन र हुर्काउन बढाउँन जति आमाको भुमिका हुन्छ । त्यति नै बुबाको पनि जिम्मेवारी र कर्तव्य हुन्छ । यसलाई इमानदारीका साथ आफ्नो कर्तव्य बुबाले निभाएका हुन्छन् । गर्भमा बोकाई देखाइ जन्मदिने र आमा दशधारा दुधलाई अमृतपान गराउने आमाको भूमिका जस्त हरेक बुबाले आफ्नो सन्तानको लागि धेरै दुख गरेका हुन्छन् । यसलाई सबैले बुझ्न जरुरी छ ।

आफ्नो सन्तानलाई आमाले माया र संस्कार सिकाउँछिन भने बुबाले पनि सन्तानको कर्तव्य र जिम्मेवारी बोध गराउँछन् । आमा बुबाले आफ्ना खुसी र इच्छाहरुलाई थाँती राखेर भएपनि आफ्ना सन्तानको भविष्यलाई लिएर आफ्ना सपनाहरु सजाएका हुन्छन् । आफ्नो परिवार र सन्तान सुखी र खुसी राख्नका लागि बुबाले आफ्ना कयौ खुसीहरु गुमाउनु परेको हुन्छ । जुन कुरा हामी सबैलाई जानकारी नै छ । सन्तान र परिवारको खुसीको लागि कतिको नोकरी काम गरेर आफ्नो जिवनयापन गर्नु परेको हुन्छ त्यो त आफू माथि जिम्मेवारी आएपछि मात्र पत्तो पाइन्छ ।

सबै कुरा समय सँगसँगै बदलिदै जान्छ । तर पनि समय अनुसार कहिल्यै बदलिदैन आमा बुबाको माया । सधैभरि आफ्नो सन्तान प्रति एकैनाश रहिरहने भनेकै आमाबाबुको माया हो । हाम्रो समाजमा चलिआएको संस्कार अनुसार छोरा र छोरी बिच भेदभाव त अहिले पनि छ नै तर तर आमाबाबुले जति माया सन्तानलाई गरेका हुन्छन् । त्यसरी नै छोराले जस्तै माया आमाबाबुलाई छोरीले पनि गरेका हुन्छन् । तर एउटा बुबाले भने आफ्नो सन्तान प्रति गर्ने माया त्यस्तो हुदैन होला जस्तो लाग्छ बुबाले छोराछोरी बिच गर्ने माया फरक हुँदैन । सबैलाई बराबरी माया गर्छन् हरेक बुबाले अफ्नो सन्तान प्रति । मलाइ लाग्छ बुबाको आफ्नो सन्तान प्रति गर्ने मायाको शक्ति उहाँको मन भित्र लुकेको हुन्छ । बुबाले आमाले झैँ बाहिर देखाएर बोलीमा आफ्नो सन्तान प्रतिको मायालाई प्रकट गर्दैनन् किनकी त्यसरी प्रकट गर्दा छोराछोरीले आफ्नो उद्देश्य र कर्तव्य भूल्छन् कि भन्ने अर्को पीर हुन्छ बाबुको मनमा ।

आफ्नो ज्यानको पनि बाजी थापेर कयौं बाबुहरु बिदेशमा काम गरिरहेका छन् । कयौ बिदेशमा काम गर्दा न घाम न पानी, न भोक न तिर्खा । यसरी काम गर्ने क्रममा नै कति जनाको ज्यान त बाकसमा फिर्ता हुन्छ । भौतिक रुपमा शरिर बिदेशमा भएपनि मानसिक रुपमा मन भने घरमै हुन्छ, छोराछोरीसँगै हुन्छ । काम गर्दागर्दै र छोराछोरीको भविष्यको लागि गोरेटो खन्दै जाने क्रममा विभिन्न दुःखकष्ट खेप्दै जाने क्रममा एकदिन रोगी बन्छ त्यो पहलमान शरिर । तर त्यही शरिरलाई हामीले बुढेशकालमा स्याहार सुसार गरेनौ भने कति दुख्छ होला आमाबाबुको मन । त्यसलाई मन मस्तिष्कबाटै अनुमान गर्न गाह्रो पर्दैन होला । कतिपय समाजमा भएका घटनाहरुलाई सजिलै नियाल्न सकिन्छ ।

जरुरी हामीलाई हरेक दुःखकष्ट सहेर यो संसारमा एउटा मानवको रुपमा आमाबाबुले सृष्टि गरेका छन् त्यसरी नै एउटा जिउँदो भगवानको रुपमा उनीहरुलाई माया र स्याहार सुधार गर्न सक्नुपर्छ ।