सन्तोषीले हात पारिन मिसेस ब्युटी क्विनको ताज
काठमाडौं ।
सिजन मिडियाले सञ्चालन गरेको एमआरएस ‘मिसेस ब्युटी क्विन नेपाल २०२०’ को विजेता सन्तोषी शाही बनेकी छिन् ।
विजेताले ‘लेट मिइन मिसेस ब्युटी क्वीन नेपाल २०२०’ को उपाधिसहित टिभिएस स्कुटर, इन्डोनेशियाको बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गरेकी छिन् ।
यस्तै ‘फस्ट रनर अप’मा सविता शर्मा र ‘सेकेण्ड रनर अप’मा सीता आचार्य पौडेल चयन भएका छन् । दुवैले बाली भ्रमणको टिकट, विभिन्न उपहार प्राप्त गरेका छन् ।
‘थर्ड रनर अप’मा रञ्जना निरौला, र ‘फोर्थ रनर अप’मा देवकला पुनः छनोट भएका छन् । यस्तै ‘टाइटल अवार्ड’ हातपार्नेमा देवकला पुन, सिर्जना गौतम, सिर्जना पनेरु, सरिता कर्ण वियारी, अमिता अमात्य, दिपा ढुङ्गाना, सुहाना अर्याल, सन्तोषी शाही, उर्मिला खत्री, समीसा गिरी, सिताअर्चना पौडेल, सुम्निमा चौधरी, देवकला पुन, सविता शर्मा, रञ्जना निरौला, रस्मिला शाही, सविता शर्मा र रिता कार्की रहे ।

सिजन मिडियाले विगत गत तीन वर्षदेखि निरन्तररुपमा लेट मिइन कोरियन स्कीन हस्पिटलको सहयोगमा मिसेज ब्युटी क्वीन नेपाल सञ्चालन गर्दै आएको छ ।
प्रतियोगितात्मक कार्यक्रमले विवाहित महिलाको व्यक्तित्व विकास तथा आत्मविश्वास अभिवृद्धि गराउनुका साथै नेतृत्वदायी क्षमताको विकास गराउने मिडियाका अध्यक्ष प्रदीपराज वन्तले बताए ।
करिब २५ दिनको प्रशिक्षण अविधिमा आन्तरिक प्रशिक्षणको क्रममा अफिसियल कोरियोग्राफर रोजीन शाक्यले व्यक्तित्व विकास साथै ‘स्टेज पर्फमेन्स’का तयारी कक्षाहरु गराएका थिए ।
नागरिक खबर







