Loading... आजः ६ भाद्र २०८३, शनिबार । Saturday 22nd August 2026

अग्‍नि सापकोटा सभामुखमा निर्विरोध

काठमाडौं

सत्तारुढ दल नेकपाका सांसद अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध चयन हुने भएका छन्। मंगलबार निर्धारित समय (दिउँसो २ बजे) सम्ममा अन्य दलबाट कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध हुने भएका हुन्।

अग्‍नि सापकोटा सभामुखमा निर्विरोध

यसको औपचारिक घोषणा भने यही माघ १२ गते बस्ने संसद् बैठकबाट गरिने संसद सचिवालयले जनाएको छ। संसद् सचिवालयले हिजो (सोमबार) सभामुख निर्वाचनका लागि १२ गतेको मिति तोकेको थियो।

सांसद सापकोटाले नेकपाका सांसद सुवासचन्द्र नेम्वाङको प्रस्ताव र ओनसरी घर्ती, देव गुरुङ तथा राजपाका सांसद लक्ष्मणलाल कर्णको समर्थनमा सापकोटाले उम्मेदवारी दर्ता गराएका थिए।

यसअघि मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको थियो।

असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ। गएको आइतबार बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो।