राष्ट्रिय सभा निर्वाचनमा कर्णालीमा खस्यो ९८.४८ प्रतिशत मत
सुर्खेत ।
आज भएको राष्ट्रिय सभा निर्वाचनमा कर्णालीमा ९८.४८ प्रतिशत मत खसेको छ । सुर्खेतका निर्वाचन अधिकृत राजेन्द्रप्रसाद आचार्यका अनुसार कुल १९८ मतदाता मध्ये १९५ ले मतदाताले मतदान गरेका छन् ।

कर्णालीमा कुल मतदातामध्ये तीन जनामात्रै उपस्थित भएनन् । निर्वाचन कार्यालयका अनुसार कालिकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली, डोल्पाको डोल्पो बुद्ध गाउँपालिका उपाध्यक्ष मल्लटासी गुरुङ र हुम्लाका नाम्खा गाउँपालिमका उपाध्यक्ष पेमा तामाङ मतदानमा उपस्थित नभएका हुन् ।
अमेरिका गएकी नेपाली सम्पर्क्विहीन छन्। गुरुङ मूर्ति चोरीको आरोपमा कारागारमा छन् । तामाङ भने बिरामी भएका कारण मतदानमा सहभागी नभएको स्रोतले जनाएको छ । कर्णाली प्रदेशका ४० र स्थानीय तहका १ सय ५८ जना मतदाता रहेका थिए ।






