Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

टिप्परले किचेर एक जनाको मृत्यु

सुर्खेत ।

वीरेन्द्रनगरमा टिप्परले किच्दा एक जनाको मृत्युु भएको छ । कालिकोट महावै गाउँपालिका-३ सिमखेत घर भएका २० वर्षीया केशर सिंहको टिप्परले किच्दा मृत्युु भएको हो ।

वीरेन्द्रनगर-३ गौतम चौकमा भे १ ख २२४२ नम्बरको टिप्परले भे १ प २१७८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । टिप्परले सिंहलाई किचेर अन्दाजी २० मिटर सम्म घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् । सिंहका आफन्तले अहिले यरिचौक र गौतम चौकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रहरीले टिप्पर चालक र टिप्परलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।