न्यानो कपडा वितरण
२१ माघ, जुम्ला ।
“हाम्रो जेष्ठ नागरिक, हाम्रो गौरव र ईतिहास”भन्ने नारालाई आत्मसाथ गर्दै हिमा गाउँपालिका जुम्लाले गाउँपालिकामा रहेका जेष्ठ ९बृद्ध० नागरिकहरुलाई जाडोका लागि न्यानो ज्याकेट वितरण गरेको छ ।
यसपटक जुम्लामा अत्याधिक चिसो बढेकाले जेष्ठ नागरिकहरुको स्वास्थ्यलाई मध्य नजर गर्दै न्यानो कपड वितरण गरिएको गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो आव ०७६।०७७ देखि जेष्ठ नागरिकलाई प्रोत्साहन भत्ता स्वरूप मासिक एक हजार रूपिया उपलब्ध गराउने समेत निर्णय भएको छ ।
त्यस्तै कार्यक्रममा गाउँपालिकाले पालिकाको वडा नं ५ मा एक घर एक खानेपानी धारा निर्माण सम्पन्न गरिसकेको र वडा नं ४ पनि यही योजना शुरु गर्नलागेको गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले बताउनुभयो । साथै गाउँपालिका प्रत्येक वडाहरुमा ग्रामिण सडकको ट्रयाक खोलेको पनि गाउँपालिकाकाल प्रमुख प्रशासकिय अधिकृत टोपबहादुर बुढाले जानकारी दिनुभयो ।
गाउँपालिकाले जेष्ठ नागरिकको सम्मान गर्दै स्वास्थ्यमा ख्याल गर्दै न्यानो कपडा दिएकोमा स्थानीय सरकार जेष्ठ नागरिक प्रति उत्तरदायि भएको जेष्ठनागरिकहरुले बताएका छन् ।






