नेरा माविका विद्यार्थीलाई अनुशिक्षण
सर्खेत ।
वीरेन्द्रनगर नपा ६ स्थित नेरा मावि वीरेन्द्रनगरका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई मानव अधिकारको सिद्धान्त र मानव अधिकार मैत्री व्यवहार विषयक अनुशिक्षण दिईएको छ । इन्सेक कर्णाली प्रदेशको पारस्परिक जवाफदेहितारु मानवअधिकार सुदृढिकरण कार्यक्रम अन्र्तगत मंगलबार उनीहरुलाई सो बारेमा अनुशिक्षण दिईएको हो ।
मध्यपश्चिमविश्वविद्यालय मानविकी संकायका पुर्व डिन एवम नागरिक सरोकार केन्द्रका अध्यक्ष पिताम्बर ढकालले मानव अधिकारको सिद्धान्त र मानव अधिकार मैत्रीव्यवहार तथाइन्सेक सुर्खेतका मानव अधिकार अधिकृत सोमप्रसाद चौधरीले सामाजीक उत्तरदायित्वको बारेमा सहजीकरण गरेका थिए । युवाहरुलाई मानव अधिकार शिक्षाको बारेमा सचेतिकरण गर्नुको साथै समुदाय, विद्यालय र घर परिवार मामानव अधिकारमैत्री संस्कारको विकास गरी उनीहरुलाई मानवअधिकार संरक्षण सम्बद्र्धनमा समर्पित गराउने उद्देश्यले आयोजित अभिमुखीकरणमा सो माविका २६ छात्रा र १४ छात्र गरी ४० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
यसैबीच मानव अधिकारको सिद्धान्त तथा मानव अधिकारमैत्री व्यवहारलाई सुदृढिकरण गरी विद्यालयमा मानव अधिकार संस्कृतिको विकास गर्न हिक्मत दानीकोे संयोजकत्वमा ११ सदस्यीय युवा मानव अधिकार समुहगठन पनि गरिएको छ । समुहको सदस्यहरुमा मञ्जु बिक, सुस्मागुरुङ्ग, दिपिकादाहाल, लक्ष्मी न्यौपाने, धनुकुमारी शाही, राममाझी, निशान्त केसी, अर्जुन बिक, महेश थापा र टेकेन्द्र न्यौपाने रहेका छन ।
कार्यक्रमको शुभारम्भ गर्दै नेरा माविवीरेन्द्रनगर ६ का प्रधानाध्यापक गणेशकुमार न्यौपानेले आफनो मानव अधिकार प्रयोग गर्दा अर्काको मानव अधिकार हनन भएनभएको तथा कर्तव्य प्रति सजग हुनुपर्नेमाजोड दिए । इन्सेक कर्णाली प्रदेश कार्यालयका मानव अधिकार अधिकृत सोमप्रसाद चौधरीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए ।






