Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

सुर्खेतमा बेवारिसे शव

 

सुर्खेत ।

जिल्लाको भेरीगंगा नगरपालिका वडा नम्बर–११ चिप्लेमा निर्माणधिन भेरी–बबई डाइभर्सन आयोजनामा एक जनाको ब्यवारिसे अवस्थामा शव फेला गरेको छ ।

मंगलबार बिहान बा २१ च १०४ नम्बरको बोलेरो गाडीमा उक्त ब्यवारिसे अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरिक्षक माधव चौधरीले जानकारी दिए ।

निरिक्षक चौधरीका अनुसार उक्त शव बाँके जिल्ला खजुरा गाउँपालिका वडा नम्बर–३ का अन्दाजी ३०र३२ वर्षका प्रदिप पराजुलीको हो ।
पराजुलीले भेरी–बबई डाइभर्सन आयोजनाको सोही बा २१ च १०४ नम्बरको बोलेरो गाडी चलाउदै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
ब्यवारिसे अवस्थामा शब फेला परेको चालक पराजुलीले अत्याधिक मात्रामा मदिरा सेवन गरेका कारण मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ भने मृतकका आफन्त आएपछि शव पोष्टमार्टकालागि प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ ।