Loading... आजः ६ भाद्र २०८३, शनिबार । Saturday 22nd August 2026

अत्याधुनिक मेसिनसहितको डेरी स्थापना

सुर्खेत ।

सुर्खेतमा कर्णाली प्रदेशमै पहिलोपटक अत्याधुनिक मेसिनसहितको डेरी स्थापना भएको छ । शनिबार अत्याधुनिक दुग्ध प्रशोधन मेसिनको परिक्षण सम्पन्न भएको हो । १५ करोडको लागतमा स्थापना गरिएको दुग्ध प्रशोधन मेसिनसहितको सुर्खेत डेरी उद्योगको केहि दिनमा नै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले समुदघाटन गर्ने कार्यक्रम रहेको सञ्चालक जयकृष्ण सापकोटाले जानकारी दिए । उद्योग वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ८ मा रहेको औधोगिक क्षेत्रमा करिब दुइ रोपनी जग्गामा स्थापना गरिएको हो । ‘दैनिक रुपमा कम्तिमा पनि तीस हजार लिटर दुध खपत गर्ने गरि हामीले उद्योग सञ्चालन गरेका हौं ।’

सञ्चालक सापकोटाले भने, ‘सुर्खेतकै नौ वटा स्थानीय तहलगायत, दैलेख, रुकुम पश्चिम, जाजरकोट देखि दुध आयात गरिने छ भने ती सबै स्थानमा पाँच सय लिटर देखि दुइ हजार लिटरसम्मका दुध चिस्यान केन्द्र स्थापना गर्ने गरि हामी अघि बढेका छौं ।’ उद्योगले सरकारी दर रेट अनुसार किसानबाट दुध खरिद गर्ने र सरकारी दर रेट अनुसार नै विक्री गर्ने तयारी गरेको सञ्चालक सापकोटाले बताए ।

‘प्रशोधित दुध लेबलिंग, प्याकेजिंगसहित गुणस्तरयुक्त तरिकाले उपभोक्ता सम्म पु¥याउने हाम्रो योजना छ ।’ उनी भन्छन्, ‘सुर्खेतमा चौकुनेको तीन स्थान, मेहलकुना, बड्डीचौर र दैलेखमा अहिले चिस्यान केन्द्र एवम दुध संकलन केन्द्र स्थापना गर्न लागेका छौं ।’
१२ जना कर्मचारी राखेर उद्योग सञ्चालन भइरहेको छ भने उद्योगमा सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुम पश्चिमबाट दुध आयात गरिने सञ्चालकको भनाई थियो ।