Loading... आजः ५ बैशाख २०८१, बुधबार । Wednesday 17th April 2024

कहिले पूरा होला ? सिम्ता उज्यालो कार्यक्रम

सुर्खेत ।
सुर्खेतको सिम्ता हुँदै जाजरकोट र रुकुममा लगिएको विद्युतको केन्द्रिय प्रशारण लाइनबाट सिम्ताकै अधिकांश गाउँका जनताले विद्युत उपभोग गर्न पाएका छैनन् । सिम्ताका बाखर्क, काक्रेतरा, औलिझ्यामा, मस्तारा, नाडलगायतका बस्तीका घरको छतलाई छुने गरि गएको केन्द्रिय प्रशारण लाइनबाट स्थानीयहरुले बत्ति बाल्न नपाउनुमा स्थानीय सरकारदेखि प्रदेश सरकारसम्मको ध्यान पुग्न नसक्नु नै हो ।

स्केच : गुगलबाट

आफूहरुले उपयोग गर्न नपाएको र विभिन्न समयमा विद्युतको कारणले घटनाहरु घट्ने गरेको बताउँछन् स्थानीयहरु । विद्युतका कारण उत्पन्न हुने समस्याको भागीदार मात्र बन्नु पर्ने तर विद्युतको उपयोग गर्न नपाउनुमा स्थानीय सरकार नै कमजोर भएको बताउँछन् रुपलाल महतारा ।

बिच गाउँबाट बत्तिको तार जाजरकोट तर्फ गएको छ तर त्यसैको मुनि क्षति मात्रै खेप्नु परेको स्थानीय लोक बहादुर रानाको भनाई छ । खेतबारी र बनजङ्गल प्रयोग गर्दा यहि गाउँमा मात्र विद्युतका कारण ३ जना घाइते भएको स्थानीय अमर सिंह ठकुरी बताउँछन् ।

हामीले क्षति मात्र बेहोर्नु परेको छ उपलब्धि केहि पनि छैन ठकुरी थप्छन् । विद्युत लाइन प्रसारणको लागी पटक पटक स्थानीय सरकारस्ँग अनुरोध गर्दा पनि त्यसको व्यवस्थापन गर्न नसकेको उनको गुनासो छ । यसैगरि अर्का स्थानीय बासी नरेन्द्र सिंहले भने, ‘विद्युत लाइन नहुँदा ब्यबसाय सन्चालन तथा उद्योग सन्चालन गर्न कठिन भएको छ ।’ स्थानीयहरुका अनुसार यहाँ सीप र क्षमता भएकाहरु पनि विद्युत अभावका कारण परम्परागत पेसामा लाग्न बाध्य भएका छन् ।

यता सिम्ता गाउँपालिका सरकारले सिम्ता उज्यालो कार्यक्रमको लागि गत आ.व. मा बजेट विनियोजन गरेपनि त्यसको कार्यान्वयन हुन सकेको छैन । राजनीतिक पहुँच र शक्तिका कारण जाजरकोट र रुकुममा पुग्ने केन्द्रिय प्रशारण लाइनबाट बत्ति वितरण गर्न अप्ठ्यारो भएको बताउँछन् स्थानीय प्रेम शर्मा । पाँच वर्ष भित्रै सिंगो सिम्तालाई उज्यालो बनाउने कार्यक्रम केवल नारा र भाषणमै सिमित छ ।

जनप्रतिनिधिहरुले निर्वाचनताका गरेका बाचा अहिलेसम्म पूरा भएका छैनन् । अब यिनले आफ्ना घोषणा पत्रमा फेरि जनता झुक्याउन प्रयोग गरिने शब्दको भ्रममा सिम्ताका जनता नपर्ने बताउँछन् सम्मर महतारा ।