Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

अदालतले सफाइ दिएपछि कारागारबाट छुटे महरा

काठमाडौं ।

बलात्कार उद्योग मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट छुटेका छन् ।

फोटो अन्नपूर्णपोष्टबाट

उनलाई डिल्लीबजार कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरेका हुन् । उनलाई स्वागत गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताकार्यकर्ता पुगेका थिए ।

महराले भने : कारागारमा राम्रो व्यवहार भयो, धन्यवाद

बलात्कार प्रयासको अभियोगमा अदालतबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरा जेलबाट रिहा भएका छन् ।

डिल्लीबजार कारागारबाट रिहा हुँदा उनलाई स्वागत गर्न दुई बुहारी, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता हिमाल शर्मा र कार्यकर्ता पुगेका थिए । रिहा भएपछि छोटो प्रतिक्रिया दिएका महराले थुनामा रहँदा सबैले राम्रो व्यवहार गरेको भन्दै आभार व्यक्त गरे ।

साथै उनले आफू निर्दोष भएको बताए । अरु विषयमा पछि बोल्ने महराले बताए । संसद सचिवालयकै एक महिला कर्मचारीलो बलात्कार प्रयासको आरोप लगाएपछि महरा १९ असोजमा पक्राउ परेका थिए ।

अन लाइन खबर