गजल : बिष्णु कुमार खड्का
गजल
आत्मीयताको आभाष दिलायौ तिमिले ।
प्यालाका प्याला प्रेमरस पिलायौ तिमिले ।।
।।१।।
मेटियो भोक प्यास सारा पाएर तिमिलाई ।
प्रेमका चौरासी व्यन्जन खिलायौ तिमिले ।।
।।२।।
स्वीकार गरेर धुजा धुजा भएको मनमुटु ।
टालटुल गरेर जतनले सिलायौ तिमिले ।।
।।३।।
जिवनको क्यानभासमा खुसिका रङ्गहरु ।
थपिदै गए जब तनमन मिलायौ तिमिले ।।






