Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानको पाँचौ भेला सम्पन्न

नेपालगञ्ज ।

मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान नेपालगञ्ज, बाँकेको पाँचौ भेला सम्पन्न भएको छ । उक्त पाँचौ भेलाले दीपक आचार्य ‘जलन’ को अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरको छ ।

कार्यसमितिको उपाध्यक्षमा अनुपमा करारा ‘विवश’, सचिवमा हरिप्रकाश भन्डारीलाई चयन गरेको छ । त्यसैगरी सह सचिवमा सुगम सुनामी, कोषाध्यक्षमा कृष्ण प्रसाद आचार्य चयन भएका छन् । यस्तै सदस्यहरुमा प्रकाश भाट ‘संगम’ र महेन्द्र रोका ‘अदृष्य’ लाई चयन गरिएको छ ।

२०६२ सालमा स्थापित यस प्रतिष्ठानले यस क्षत्रको गजल साहित्यको विकासमा विभिन्न कार्य गर्दै आएको प्रतिष्ठानका नवनिर्वाचित सचिव हरिप्रकाश भण्डारीले बताए । आगामी दिनमा पनि साहित्यको क्षेत्रमा विकास र विस्तारका लागि विभिन्न खालका कार्यक्रमहरु गर्दै जाने उनले बताए ।