Loading... आजः ५ भाद्र २०८३, शुक्रबार । Friday 21st August 2026

५ दिन क्यान इन्फोटेक हुँदै

सुर्खेत ।

कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान)ले यस वर्षपनि ‘क्यान इन्फोटेक’ आयोजना गर्ने भएको छ ।

क्यान महासंघ सुर्खेतले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा यहि फागुन २८ देखि चैत्र २ गतेसम्म ‘प्रभु पे क्यान इन्फोटेक २०२०’को आयोजना गर्न लागेको हो ।
बिहिबार उक्त आयोजना सम्बन्धि जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सूचना तथा संचार प्रविधिका क्षेत्रमा भएका विकास तथा नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गर्ने उद्देश्यले क्यान इन्फोटेकको आयोजना गर्न लागिएको क्यान महासंघ सुर्खेतका अध्यक्ष तिलक प्रसाद आचार्यले बताए ।

पाँच दिनसम्म सञ्चालन हुने इन्फोटेकमा सञ्चारसँग सम्बन्धित विभिन्न राष्ट्रिय र अन्र्तराष्ट्रि कम्पनीहरुको सहभागिता रहने बताइएको छ । इन्फोटेकका दर्शकहरुले नयाँ प्रविधिका उपकरणहरुको अवलोकन तथा खरिद गर्न सकिने व्यवस्था गरिएको अध्यक्ष आचार्यले जानकारी दिए । इन्फोटेकमा सफ्टवेयरसँग सम्बन्धित बजारमूल्य भन्दा करिव ३० देखि ५० प्रतिसत छुट र अन्य हार्डवेयर सामाग्रीहरु १० प्रतिसत छुटमा खरिद गर्न सकिने बताइएको छ ।
इन्फोटेकमा जम्मा ६५ वटा प्रदर्शनी स्टलहरु रहने जनाइएको छ भने स्टल बुकिङ्गका लागि खुल्ला भइसकेको आयोजकले जनाएको छ । प्रदर्शनीमा रहेका स्टलहरुको भाडा प्रति स्टल १२ हजार तय गरिएको छ भने स्थानीय व्यापारिका लागि १० प्रतिसत सहुलियत गरिएको अध्यक्ष आचार्यले जानकारी दिए ।

स्टलमा प्रदर्शनीका लागि हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, बैंक, आईसिटी कलेज, शैक्षिक परामर्श केन्द्र, आईटी ट्रेनिङ्ग इन्ष्टिच्यूटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् र विभिन्न नयाँ प्रविधिको प्रयोग गरिएका सामाग्रीहरुको राखिने छ ।
इन्फोटेक अवलोकनका लागि प्रवेश शुल्क ३० र विद्यार्थीका लागि २० तोकिएका छ भने टिकट बुकिङ्गका लागि एमपोस एप्सद्वारा अनलाईन टिकट खरिद गर्नुपर्नेछ ।