Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

बेपत्ता भएका चालक मृत फेला

सुर्खेत ।

कालिकोट जिल्लको रासकोट नगरपालिका देखि लालिघाटतर्फ आउँदै गरेको लु १ ज ४१४१ नम्बरको बोलेरो नरहरीनाथ गाउँपालिकाको चिउरी सिमा नजिकै कर्णाली नदीमा खसेको छ । कर्णाली नदिमा खस्दा गाडी चालक चक्रबहादुर खड्का बेपत्ता भएका छन् ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी लोकनाथ अधिकारीका अनुसार चालकको खोजी र नदीबाट जीप उत्तार्नका लागि प्रहरी घटनास्थलतर्फ गएको छ । यात्रु झारेर फर्किदै गर्दा गाडी दुर्घटना भएको हो ।

‘थप बुझ्नका लागि जिल्लाको प्रहरी निरीक्षक सहितको टिम घटनास्थलमा पुगेको छ ।’ उनले भने ।