Loading... आजः ५ भाद्र २०८३, शुक्रबार । Friday 21st August 2026

मा.वि.का प्रधानाध्यापक घुससहित पक्राउ

सुर्खेत ।

देलेख जिल्लाको नौमुले गाउँपालिका १ को भैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक नगेन्द्र बहादुर सिंह ३० हजार घुस सहित पक्राउ परेका छन् । प्रधानाध्यापक सिंहलाई बिहबार रंगेहात नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए ।

सिंह र सोही विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गगनबहादुर बस्नेतले शिक्षकहरूको चौमासिक तलब तथा दसैँ खर्च निकासा गर्न पटकपटक घुस मागेको भन्ने उजुरीका आधारमा सुर्खेत कार्यालयबाट गएको अख्तियारको टोलीले उनलाई घुससहित नियन्त्रणमा लिएको सापकोटाले जानकारी दिए ।

घुस रकम लिइसकेको अवस्थामा प्रअ सिंहलाई नौमुले गाउँपालिका–१ मा स्थित एनएमबी बैंकको शाखा प्रबन्धकको कार्यकक्षबाट नियन्त्रणमा लिइएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको सापकोटाले जानकारी दिए ।