Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

विद्यालयमा आत्मसुरक्षा तालिम

२२ फागुन, सुर्खेत ।

‘महिला शक्ति राष्ट्रको विकास’ भन्ने मूल नारा लिएर अघि बढेको सुर्खेत महिला जेसीज बर्ष २०२०ले आफ्नो बार्षिक अभियान अन्तरगत महिलाहरुकालागि आत्म सुरक्षा तालिमको शुरुवात गरेको छ ।

आत्म सुरक्षा तालिमको शुभारम्भ गर्दै सुर्खेत महिला जेसीज बर्ष २०२० का अध्यक्ष प्रमी शाक्यले महिला प्रति दिनप्रतिदिन बढी रहेको हिंसालाई महिलाहरु आफैले आफ्नो सुरक्षा गर्न सकुन भनेर विषेश गरेर विद्यालयमा अध्ययनरत किशोरीहरुकालागि आत्मसुरक्षा तालिमको शुरुवात गरेको बताउनुभयो । उहाँले भन्नुभयो । हामीले यो कार्यक्रमको शुरुवात वीरेन्द्रनगर १० घुस्रा स्थित जनसेवा मावि बाट शुरु गरेका छौं यो अभियान हामी विभिन्न विद्यालयमा संचालन गर्ने तयारीमा छौं ।

आत्म सुरक्षा तालिममा जनसेवा मावि घुस्राका करिब ९० छात्रा विद्यार्थीहरुलाई कराँते ब्ल्याक बेल्ट उपाधीका खेलाडी पशुपति विसीले तालिम दिनुभएको कार्यक्रमको संयोजन जेसीजका कार्यकारिणी उपाध्यक्ष लक्ष्मी गुरुङ्गले गर्नुभएको थियो भने जेसीजका महासचिव मनिशा कौशलले कार्यक्रमको संचालन गर्नुभएको थियो ।