नब्बे प्रतिशत महिला र पुरुष महिलाप्रति पूर्वाग्रही : अध्ययन
काठमाण्डौ ।
संसारका झण्डै नब्बे प्रतिशत महिला र पुरुष महिलाप्रति पूर्वाग्रही रहेको एक अध्ययनले देखाएको छ ।
यूएनडीपीलेन् Gendra social Norms Indek अर्थात लैंगिक स ामाजिक मूल्य सूचकांकमा आधारित रहेर ४५ देशमा गरेको अध्ययन अनुसार झण्डै ९० प्रतिशत महिला र पुरुष कुनै न कुनै रुपमा महिलाप्रति पूर्वाग्रही रहेका पाइएको हो । विश्वको जनसंख्याको आधा महिला र पुरुषले महिलाभन्दा पुरुषले राम्रो राजनीतिक नेता बन्ने हैसियत राख्ने गरेको धारणा राखेको अध्ययनले जनाएको छ ।
यस्तै, चालिस प्रतिशत महिला र पुरुषले महिलाभन्दा पुरुषमा व्यवसाय प्रमुख हुने क्षमता हुने गरेको र त्यसैले कुनै जागिरका लागि महिलाभन्दा पुरुष बढी योग्य हुने गरेको बताएका छन् ।
त्यसैगरी, अठ्ठाइस प्रतिशत महिला र पुरुषले कुनै पुरुषले आफ्नी श्रीमतीलाई पिट्नु औचित्यपूर्ण रहेको बताएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । (उज्यालाे)







