Loading... आजः १६ चैत्र २०८०, शुक्रबार । Friday 29th March 2024

नारी दिवस : चेतनाको आवश्यकता

फेरि आयो आज नारी दिवस । हरेक गाउँ ठाउँँमा बर्षै पिच्छे नारी दिवस मनाईन्छ । हरेक ठाउँमा सबै महिलाहरु जम्मा भएर यो महिला दिवस मनाउँने गर्दछन । नारीहरुले यो नारी दिवस मनाउँदा उनीहरुको हक अधिकार र सम्मानको मात्र कुरो होइन । महिला भएपछि कुनैपनि घरमा अथवा समाजमा मात्र नभएर यो सारा संसारलाई नै तुलना गरौं त महिला विनाको संसार कस्तो होला ? त्यसैले महिलाको प्रगति भनेको सारा संसार पुरै विश्वभरको प्रगति हो ।  त्यसैले महिला बिना यो संसारमा केहि कल्पनासम्म पनि गर्न सकिदैन ।

पुरानो परम्पराकालदेखि नै चलिआएको महिलाहरुले आफ्नो नियम र कर्तव्यलाई आजसम्म पनि उतिकै महत्व राख्ने गरेका छन । महिलाले त्यसैले महिला दिवस अभियान कुनै महिला बर्ग मात्र लक्षित नभएर प्रगतिको पथको अभियान हो । जसरी हामीले चलाउँने मोवाईलको चार्ज सकिदा ब्याटिलाई फेरि चार्ज गनुपर्छ । त्यसैगरी पुरुषका आधारमा महिला माथि कुनै भेदभाव नगरियोस भन्नाका लागि बर्षमा एकचोटि विश्वमा महिला दिवस मनाईन्छ भने ।

पहिचानले सिर्जना गर्दा प्रकृति र पुरुषको हिसावमा मानिसको सिर्जना गरिएको छ । पहिचानले दिएको स्वभाव कसैले पनि खोसेर खोसिदैन । महिलाहरुमा हुनपर्ने प्रेम, करुणा र सम्मान परोपकार समाजसेवाजस्ता अमूल्य कामहरुमा महिलाले आफ्नो हक अधिकार खोजिरहनु पर्दैन । यस्तो गुण महिलाहरुलाई पहिले देखि नै पहिचानले प्रदान गरेको छ ।

अब जस्तै कुरा आउँछ । आफ्नो घरको सम्पतिमा हक राजनीतिमा हक, शिक्षामा हक, र स्वतन्त्र भएर बाँच्न पाउने हक अधिकार यस्ता कुराहरुमा भने महिलाहरुलाई पछाडि पारिएको छ । तर अहिलेको समयमा भने यि कुरामा पनि केही मात्रामा परिवर्तन आएको छ ।

नेपालको संविधानमा नै महिला हक अधिकारका सम्बन्धमा अनेकौ व्यवस्थाहरु छन । नीति नियमदेखि राजनीतिक सहभागितामा अनि अरुपनि धेरै पक्षबाट महिला सहभागितालाई प्राथामिकता राखिएको छ । कुनै पनि क्षेत्रमा महिलाले आफुले सक्ने काम प्रस्तुत गर्न सक्नुपर्छ । उनीहरुका लागि ढोका खुल्ला छन र अवसर पनि त्यतिकै छन । त्यसकारण महिलाहरुले अव आफ्नो क्षमता प्रस्तुत गर्न सक्नुपर्छ । उनीहरुका लागि समान हकका लागि आफैले गरेर देखाउने बेला आएको छ । महिला भएको कारणले कसैले पनि हेप्न नसकुन् र महिला अधिकारका लागि आन्दोलन गर्न पनि नपरोस ।

हुन त यो हाम्रो समाजमा जति नै कानुन बनेर संविधानमा देखिएपनि हाम्रो रुढिबादि परम्परा समाप्त नहँुदासम्म महिलाका रुपमा गरिने विभेद अन्त्य हुन सक्दैन । हुन त नारी दिवस मनाउदैमा वा बिभिन्न प्रतिवद्धता देखाउँदैमा मानिसको सोचमा परिवर्तन आउँदैन । त्यसका लागि महिलाले प्रेम पूर्ण भएर घर समाजमा निमाण गर्नुपर्छ । किनभने प्रेममा कुनै पनि बिभेद हुँदैन । यो हामीले देखेकै कुरा हो जुनसुकै पनि प्रेम गर्ने जोडिहरुमा केही बिभेद हँुदैन ।

अझ हामी यसरी बुझन सक्छौ आजभोलि त घरमा पनि छोरा र छोरी भनेर गरिने भेदभाव कम हँुदै गएको छ । सबैलाई शिक्षा चाहिन्छ भन्ने नारा सहित छोरीहरु पनि शिक्षित हुदै जाने परम्पराको विकास भएको छ । (लेखक प्रशिक्षार्थी पत्रकार हुन् ।)