Loading... आजः ४ जेष्ठ २०८१, शुक्रबार । Friday 17th May 2024

झण्डै चालिस हजार बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइँदै

सुर्खेत ।
राष्ट्रिय खोप अभियान अन्र्तगत सुर्खेतमा झण्डै चालिस हजार बालबालिकाहरुलाई दादुरा –रुबेलाको खोप लगाइने भएको छ । नेपाल सरकारले दादुरा र रुबेला रोग विरुद्धको खोप अभियान अन्तरर्गत बालबालिकाहरुलाई खोप लगाउन थालिएको बताइएको हो ।

Image result for दादुरा–रुबेलाको खोप
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले पत्रकारहरु संग अन्तरक्रिया गर्दै सुर्खेतमा ४० हजार बालबालिकालाई उक्त खोप दिइने बताइएको छ । दादुरा र रुबेला खोप अभियान सुर्खेतमा तीन चरणमा संचालन गरिने जिल्ला जनस्वास्थ्य कार्यालयका चेतननिधि वाग्लेले जानकारी दिए ।

पहिलो चरणमा चैत १ गतेदेखि ६ गते सम्म वीरन्द्रनगरबाट सुरु भई, दोस्रो चरणमा चैत ८ देखि १५ सम्म सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका, यस्तै तेस्रो चरणमा चैत १५ देखि १९ सम्म चिंगाड गाउँपालिका, भेरीगंगा नगरपालिका, लेकवेशी नगरपालिका र बराहताल गाउँपालिकामा खोप अभियान सञ्चालन गर्न लागेको जनस्वास्थ्य सेवा कार्यालयका खोप अधिकृत जीतलाल ढकालले जानकारी दिए ।

उनका अनुसार सुर्खेतमा पाँच सय ८० खोप केन्द्रमा एक सय ५६ जना तालिम प्राप्त भ्याक्सिनेटर (खोपकर्मी) र ११ सय ६० स्वयंमसेवक परिचालन गरिने छ । सरकारी योजना अनुसार दादुर र रुबेला ९ महिनादेखि ५ वर्षमुनिका सबै बालबालिमालाई दिइदै छ । यस्तै जन्मेदेखि ५ वर्ष मुनिका बालबालिकालाई पोलियो खोप दिइदै छ ।

खोप एक जैविक तयारी वस्तु भएकोले यसको प्रयोगबाट व्यक्तिको शरिरमा सम्बन्धित रोगका विरुद्ध लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास गराउने प्रदेश स्वास्थ्य निर्देशनालयका रिता भणडारीले बताइन् । ‘खोपका कारण व्यक्तिलाई विभिन्न विषाणु र जिवाणुबाट हुने रोगबाट बचाउँन सकिन्छ ।’

यसैगरि पत्रकारसँगको अन्तरक्रियामा कोरोना भाइरसको बारेमा पनि छलफल भएको थियो । कोरोनाबाट बच्नका लागि अपनाइनु पर्ने सावधानीका विषयमा जिल्ला जनस्वास्थ्य कार्यालयका चेतननिधि वाग्लेले सहजीकरण गरेका थिए ।