Loading... आजः ४ बैशाख २०८१, मंगलवार । Tuesday 16th April 2024

कथा – धोकेवाज

मैले अञ्जानमा गरे तिमीलाई प्रेम । तिम्रो मायामा रमाए र हाँस्न सिके । ममा भएका हरेक दुःख पिडालाई पनि तिम्रो प्रेमले भुलाई दिएको थियो । मलाई लाग्थ्यो, अब त मेरा दुःखका दिनहरु गए । सुखी हुने दिन आए । म सोच्थे, अब त म सधै भरि खुसी हुन्छु । तिम्रो साथ पाएदेखि जन्म दिने आमा–बुबा, दाजु–भाइ सबैलाई बिर्सेकी थिएँ । तर मैले कल्पना पनि गरिन् कि तिमीले पिडा दिन्छौ र बिच बाटो मै छोडेर जान्छौ ।

तिमीसँग बाँधिएका ति मायाका डोरी चुडाएर गयौ । आखिर मेरो के नै गल्ती थियो र ? ‘तिमीले आजदेखि मलाई फोन नगर म को हो र तिम्रो’ यहि भनेका थियौ कयौ चोटि दोहो¥याएर ।

हुन त म पनि कति अबुझ रहेछु । त्यो त मलाई मात्र थाह भएको छ । तिम्रो मन नहँुदा पनि जवरजस्ती एकोहोरो माया मैले नै गरेको हुँ क्या रे । कहिले मोबाईल अफ राख्थ्यौ त कहिले नम्बर नै ब्लकलिष्टमा हाल्थ्यौ । तरपनि म तिमीदेखि टाढा हुन सकिन । मेरो मन तिमीदेखि टाढा हुनै सकेन । बिछोडको पिडा त दिएर गयौ । जति तडपिनु छ म आफै तडिपिन्छु । अहिले पनि म तिम्रा लागि सोच्ने गर्छु तिमीलाई सुख नै होस् । तिमीले त मान्छेलाई रुवाउन जानेको रहेछौ सधै अरुलाई रुवाउदै मन दुखाउदै हिड्ने मान्छेलाई के थाहा । अचानोको पीर खुकुरीलाई के थाह हुन्छ ।

जीवनमा रुन पनि कति अप्ठ्यारो हुन्छ त्यो उसैलाई थाह हुन्छ जसले कसैको अभावमा हरेक पल रोएको हुन्छ । मायाको भूमरीमा फसेर रुनुको पीडाले जीवनका लक्ष्यलाइृ कति गलाएको हुन्छ त्यो माया गर्नेहरुलाई थाह हुन्छ । यो प्रेम भनेको हासो अनि आँसु दुवै रहेछ ।

आँखाबाट आँसु बगाउनका लागि शारीरिक रुपमै चोट लाग्नु पर्छ भन्ने होइन । मायाको कारणले आफूलाई जति समाल्न खोजे पनि त्यो भन्दा धेरै आँसु बगिदिन्छ । मान्छेको मन पनि कस्तो अचम्मको छ है । त्यही मनले कसैलाई ंससारको खुसी दिएको हुन्छ त कसैले कसैलाई आँसुको भेलमा डुबाएको हुन्छ । किन सबैको मन एउँटै हुँदैन होला ? तर धेरै जसो मान्छेहरुले भन्छन् दुःख नभई सुख हुँदैन र आखाँबाट आँसु नझरी ओठमा हाँसो पनि हँुदैन । यस्तो भन्नेहरु पनि आफु भित्र आफ्नो पिडा लुकाएर पनि बाहिर मुसुमुसु हाँस्ने गर्दछन । आज म पनि मेरो साथीहरुको अगाडि मनभरि बिछोडको पिडा लुकाएर बाहिर हास्ने कोशिस गर्दैछु ।

तिम्रो कुरा सुनेर मलाई लाग्छ । तिमी अब मेरो जिबनमा कहिल्यै आउदैनौ । ताकि भनेको बिसिन सकेकि छैन म तेरो को होर मलाई अब कहिल्यै पनि फोन नगर अन्तीम कुरा हुदा पनि यहि भनेका थियौ । हो, तिमी म बाट सधैको लागि गयौ । तिमी त गयौ तर तिम्रा सपनाहरुले र यादहरुले मलाई छोडेका छैनन । हर दिन आउछौ दिनमा टोलाउछु तिम्र्रै यादमा हर रात सपनामा आउँछौ । सिरानि भिजाएर जान्छौ । र मलाई पनि रात भरी रुन मन लाग्छ ।

यादबाट टाढा हुनलाई मस्त निन्द्रामा लठ हुन मन लाग्छ तर तिमी सपनीमा आउँछौ र जान्छौ । आफुलाई त पहिला –पहिला लाग्थ्यो, सपनीमा तिमी आउदा आनन्द । खै किन हो हिजो आज मेरो मन मात्र खिन्न हुन्छ । भन्ने गर्थे प्रेममा तड्पाउनु र दनदनी बलेको आगोमा हाम फाल्नु एउटै हो । हिजो आज मलाई पनि हो जस्तो लाग्छ । म कति पटक बिरामी हँुदा अस्पतालमा गएँ तर सबै रोगको औषधी पाइयो । आज भोलि पनि मलाई एक किसिमको रोग नै लागेको छ यसको औषधी कहाँ होला खोज्न मन छ मलाई ।

काँही कतै लडेर लागेको चोट भन्दा मान्छेले दिएको चोट धेरै फरक हुँदोरहेछ । चोट दिने पनि मान्छे अनि त्यही चोट मेटाउने पनि मान्छे नै रहेछ । म त तिम्रो जिन्दगीमा तिमीलाई रुवाउन होइन दःुख र सुखको साथी भएर सधँै भरिको लागि तिम्रो ओठमा हाँसो फलाउन चाहान्थेँ तर आज तिमी आफैले एका बिहानै फोन गरेर मेरो मन जलायौ र मेरा आँखाहरुमा आँसु फलाई दियौ । म पनि सोच्छु, किन देखाउनु आफ्नो पिर आखिर देखाएर पनि के नै पाउँनु छ र अब त लुकाउँछु भन्छु तर पनि आँसुले मान्दै मान्दैन जति लुकाउन खोज्यो त्यति धेरै बग्छ । सायद आँसुले पनि पिर नसहेर नै होला कहिले काही तिम्रो यादले तिमी बसेको सहर तिर आँखा डुलाउन मन लाग्छ । किन किन आँखाले भन्छ नहेर त्यता तर मनले जबर जस्ती गर्छ अनि एक छिन भएपनि हेर्छु । जब तिम्रो साथ थियो मलाई दिन भन्दा पनि अँधेरी रात नै मन पथ्र्यो ।

अहिले मेरो जीवनमा तिमी छैनौ, त्यसैले न दिन मन पर्छ न त अँधेरी रातहरु । हिजो देखि जिन्दगी पनि खल्लो– खल्लो लाग्न थालेको छ आफैलाई । यो मान्छेको जात पनि कस्तो –कस्तो आफैले रहरहरु जन्माउने गर्छ, पछि गएर तिनै रहरहरुलाई सजिलै मारेर जाँदोरहेछ । संसारमा महिला र पुरुषको जात भए जस्तै मनको पनि दुई किसिमको जात हुदोरहेछ । कसैको हँसाउने मन त कसैको धरधरी रुवाउने मन हुदोरहेछ ।
कयाँै मान्छेको मुखबाट सुनेकी थिएँ बगेको पानीले शितल दिन्छ भनेर तर आँखाबाट बगेको पानीले शितल त परै जाओस झन मन मात्र पोल्दोरहेछ । यदि यो मनमा लागेको दागलाई साबुन पानीले पखालेर जाने भैदिए कति जाति हुन्थ्यो होला । तब सम्म सपनाहरु आस लाग्दा रहेछन् , जब सम्म सपना देखाउने मान्छे मनमा छ । त्यति बेला सपनाहरु पनि खल्ला– खल्ला लाग्दा रहेछन् ।

सपना देखाउने मान्छे सपनामा नै सीमित हुन्छ र ती सपनाहरु मरेर सपनामा मात्र हुदारहेछन् । तिमी आफैले भन्थ्यौ तलाई अरु चिजहरुको कमि होला तर मायाको कमि कहिल्यै हुन दिनेछैन । अचेल तिम्रा सपनाहरु धेरै फस्टाएका छन् । मेरो मोबाइलको ग्यालरी भरी तिम्रा तस्बिरहरु छन् । हरपल ती तस्बिरहरु हेर्न मन लाग्छ ।

हिजो अस्ति तिमीले सम्झिदा मेरो मन खुसी हुन्थ्यो भने आज देखि तिम्रो याद र पीडाले सताउदा आँसुको वर्षात हुन्छ । हिजो अस्ती त्यो प्रेममा कति ठूलो विश्वास थियो, तर आज देखि तिम्रो विश्वास टुटिसकेको छ ।