Loading... आजः १७ बैशाख २०८१, सोमबार । Monday 29th April 2024

कर्णाली दर्पण लोकार्पण

सुर्खेत ।
विश्व नेपाली साहित्य महासंघ कर्णाली प्रदेश समितिले प्रकाशनमा ल्याएको कर्णाली दर्पण नामक साहित्यिक पत्रिका एक कार्यक्रम गरेर लोकार्पण गरिएको छ ।


कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा महेन्द्रप्रसाद गिरीले कर्णाली दर्पणको लोकार्पण गर्नुभएको हो । चन्द्र रावत गुराँस प्रधान सम्पादक रहेको उक्त पत्रिकामा बहुविधाका तीन दर्जन बढि रचनाहरु समेटिएका छन् ।

पत्रिकाको समालोचना थानेश्वर लामिछानेले गर्नुभएको थियो । कार्यक्रम महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको अवसर पारेर आयोजना गरिएको थियो ।