Loading... आजः १६ बैशाख २०८१, आईतवार । Sunday 28th April 2024

गीत

सिंजा क्षेत्र हिमा नदी अभेद्य यो नाता
मेरो सभ्यताकी स्रोत तिमी मेरी माता

डा. भागवत आचार्य

सधैं शान्त रहने हे हिमा ! सुरसिली
फराकिला फाँट खेत उब्जामा भरिली
कर्णालीकी हिमा तिमी सिजाकी हौ शान
तिम्रै तिरमा तपी पुर्खा पाउँछन् तत्व ज्ञान

तिमी भाषा सस्कार अनि सभ्यताकी स्रोत
मेरा जरा त्यही मिल्छन् गरे शोध खोज
गङ्गे ! शान्त स्वच्छ रहू युगौ युग तक
प्रकृतिमै जीवन बाँच्ने कर्णालीको हक

सिंजा क्षेत्र हिमा नदी अभेद्य यो नाता
मेरो सभ्यताकी स्रोत तिमी मेरी माता