Loading... आजः ६ जेष्ठ २०८१, आईतवार । Sunday 19th May 2024

प्रम ओली डिस्चार्ज

फागुन ३०, सुर्खेत ।

त्रि.वि. शिक्षण अस्पतालबाट प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार(अाज) अस्पतालबाट डिस्चार्ज हुनु भएको छ ।

यहि फागुन १९ गते अस्पताल भर्ना भएर फागुन २१ गते नै प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण भएको थियो । मिर्गौला प्रत्यारोपण भएको १२ दिनपछि मात्र उहाँलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो ।उहाँलाई मिर्गौला प्रत्यारोपण गरेको भने १० दिन पुगेको अस्पतालले जनाएको छ ।

प्राध्यापक डाक्टर प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले अघिल्लो साताको बुधवार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको थियो ।
प्रधानमन्त्री ओलीलाई स्वागत गर्न उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल लगाएत अन्य मन्त्रीहरू अस्पताल पुगेका थिए ।
संक्रमण फैलिन सक्ने भन्दै चिकित्सकले सचेत गराएपछि प्रधानमन्त्री ओलीले उपस्थित सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिनुभएन् ।
प्रधानमन्त्री ओलीलाई भाञ्जी नाता पर्ने झापाकी समीक्षा संग्रैलाले मिर्गौला दिनुभएको हो ।

समीक्षा भने बुधवार नै डिस्चार्ज भइसक्नु भएको छ । उहाँ पनि प्रधानमन्त्री ओलीसँगै अघिल्लो साताको सोमवार अस्पताल भर्ना हुनुभएको थियो ।

डिस्चार्ज हुनुपहिला समीक्षाले प्रधानमन्त्री ओलीलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिनु भएको थियो । ओलीले मिर्गौला प्रत्यारोपण गराएको यो दोस्रोपटक हो । पहिलोपटक उहाँले १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउनु भएको थियो । उतिबेला उहाँलाई बुहारी अञ्जान घिमिरेले मिर्गौला दिनुभएको थियो ।