Loading... आजः १५ बैशाख २०८१, शनिबार । Saturday 27th April 2024

सरकार परिर्वतनको हल्लामा सत्यता छैन – कँडेल

सुर्खेत ।

कर्णाली प्रदेश सभाका सदस्य एवम्  नेकपा कर्णाली प्रदेशका सह–इञ्चाज एवं कर्णाली प्रदेश सभाका सदस्य यामलाल कँडेलले सतहमा आएजस्तो सरकार परिर्वतनको हल्लामा सत्यता नभएको बताएका छन् ।
कर्णाली प्रदेश संसदिय मामिला पत्रकार समाजले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले सरकार बनाउने र भत्काउने खेलमा भन्दापनि प्रदेशको विकासलाई गति दिन लागि परेको बताए ।

उनले सरकार परिवर्तन गर्ने दाउमा रहेकाले गरेका गतिविधिलाई आफूसँग नजोड्न आग्रह समेत गरेका छन् ।
जनताले दिएको मतका आधारमा प्रदेश सभा सदस्य भएकाले विकासलाई गति दिनु पर्ने बताए । जनताले अपेक्षा गरे अनुरुप प्रदेशको विकास सरकारले गर्न नसकेको भन्दै परिवर्तनका छलफल हुनु स्वभाविक भएको तर आफु परिवर्तन गर्नुपर्ने भन्दै नलागेको उनको भनाई छ ।

उनले २ वर्षबढि भैसक्दापनि देखिने गरी सरकारले एउटा पनि काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरे । अन्य पार्टीको विकल्प भएपनि नेकपाको देखिने गरी काम गर्नुको विकल्प नभएको बताउदै उनले विगत देखिनै सरकारको नेतृत्वसँग र संसदिय दलको बैठकमा पटक–पटक यस विषयमा कुरा उठाएको जनाए ।

‘अहिले सतहमा आएको जस्तो सरकार परिर्वतनको विषय नभएपनि सरकारको कार्यशैली चित्त बुझ्दो छैन । उनले भने ‘सरकारको आलोचना जनस्तरमा धेरै छ त्यसैले उच्च तहमा छलफल भएको भने सत्य हो ।’ आफु संलग्न पार्टिले सरकारको नेतृत्व गरिरहेको अवश्थामा सरकारलाई प्रभावकारी रुपमा अगाडि बढाउन दायित्व र कर्तव्य भएपनि पछिल्लो दुई वर्षमा कर्णालीले केही पनि नपाएको भन्दै समिक्षा गर्नुपर्ने बेला भएको उनले बताए ।

कतिपयलाई पदमा पुग्नका लागि सरकारको बिरोध गरेको लाग्ने गरेको उल्लेख गर्दै उहाँले सबै कुरा बिर्सिने हो भने बर्तमान अवस्थामा मुख्यमन्त्री बन्न कुनैपनि समस्या नभएपनि त्यो आफ्नो रुचिको बाटो नभएको दाबी गरे । केन्द्रको राजनीतिक निर्णय र प्रदेशसभा सदस्यहरुले पनि सरकार परिर्वतनका लागि छलफल गर्न सक्ने भन्दै विधान अनुसार नै कुरा उठाउदै आएको उनको भनाई छ ।