बसले अटाेलाइ ठक्कर दिदा एक जना गम्भीर घाइते
सुर्खेत ।
सुर्खेतमा बसले अटो रिक्सालाई ठक्कर दिँदा चार जना घाइते भएका छन् ।
घाइते मध्य एकको अवस्था गम्भीर छ ।
वीरेन्द्रनगर नगरपालिका ४ प्रदेश अस्पताल गेट नजिकै अटो रिक्सालाई बसले ठक्कर दिएको हो ।
अटोमा सवार बर्दिया बाँसगढी नगरपालिका–५ बस्ने २१बर्षीया नन्दा गिरी, रचना गिरी, कल्पना गिरी र अटो चालक घाइते भएका छन् । नन्दाको अवस्था भने गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उदयसिंह सिजापतिले जानकारी दिए ।
घाइतेहरूको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भईरहेको छ । बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । अटो र बसको नम्बर भने खुलेको छैन् ।







