कोरोना भाइरस सम्बन्धी जनचेतना मुलक कार्यक्रम
कृष्णप्रसाद अधिकारी
दैलेख ।
अनेरास्ववियू जिल्ला कमिटी दैलेखको आयोजनामा दैलेखमा कोरोना भाइरस सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । अनेरास्ववियू दैलेखका सह–संयोजक हेमन्त दशौंदीको संयोजकत्वमा “महामारी रोगको बारेमा सचेतना जगाउं, आफू बचौं र अरुलाई पनि बचाऔं” भन्ने नाराका साथ कोरोना के हो ?, कसरी सर्छ ? र कसरी वच्न सकिन्छ ? भन्ने सन्देश सहितको १००० बढी ब्रोसरहरु, पर्चा, पम्पलेटहरु सर्वसाधारणलाई वितरण गरि एक दिने सचेतना कार्यक्रम सम्पन्न गरेको छ । अनेरास्ववियूले दैलेखको लोकतान्त्रिक चोक, देवकोटा चोकमा सर्वसाधारणले देख्ने र बुझ्ने गरि सुचनामुलक व्यानर राखेको छ । उक्त कार्यक्रममा अनेरास्ववियू केन्द्रीय सदस्य नबिनकुमार योगि, जिल्ला सह संयोजक हेमन्त दशौंदी, युवा संघ दैलेखका नेता पुण्यप्रसाद शर्मा, विद्यार्थी नेता हेमा खड्का ,नारायण क्याम्पस स्ववियु अध्यक्ष रेखा थापा, द्रोणचल क्याम्पस दुल्लु स्ववियू सदस्य सुनिता रिजाल, कृष्णप्रसाद शर्मा, बिनिता थापा, खगेन्द्र खड्का लगायतका विद्यार्थी सहभागी थिए ।
सचेतना कार्यक्रम सफलताका लागि नेकपा कर्णाली प्रदेश कमिटी सदस्यहरु सुर्यबहादुर शाही, नारायण नगरपालिका दैलेखका उपाध्यक्ष सावित्री मल्ल, नेकपा दैलेखका पार्टी सचिव प्रेम कटुवाल, नेकपा नेता मायाराम अधिकारी, यूवा नेता कुमार विक्रम शाहीले शुभकामना व्यक्त गरेका थिए ।
अनेरास्ववियू दैलेखले जिल्लाका ११ वटै स्थानीय तहमा आफ्ना सचेतनामुलक सामग्री पठाइ सम्पुर्णमा सचेतना जगाउने कार्यक्रम राखेको छ । दैलेखको गुराँस गाउपालिका र आठबिस नगरपालिकामा हेल्प डेस्क मार्फत सम्पुर्णलाई सचेत गराइ कोरोना भाइरसबाट आफू पनि बचौं र अरुलाइ पनि बचाऔं भन्ने अभियान संचालमा रहेको छ ।
अनेरास्ववियू देश संकटको घडिमा रहेको बेला राहत, सचेतना जगाउने यस्तो संकटमा आम नागरीकलाई अत्यवश्यक उपभोग्य सामग्रीको किर्तिम अभाव सिर्जना गरि कालोबजारी गर्ने व्यापारिलाइ खवरदारी गर्ने र बजार अनुगमन मार्फत कार्वाही गर्न सम्बन्धित निकायलाइ माग गर्दै आएको छ ।
यतिबेला विश्वकाकरीब १८८ देशहरु संक्रमणको महायुद्ध लडिरहेका बेला नेपालमा त्यो संकरमण नदेखिनु सुखद रहेपनी हामी हाम्रा व्यबहार, खानपिन र सरसफाईमा ध्यान दिने र दिन ल गाइ यो रोगबाट सबै जोगिनु पर्ने सचेतना कार्यक्रमका सहभागीहरुको धारण थियो ।







