Loading... आजः १४ बैशाख २०८१, शुक्रबार । Friday 26th April 2024

सुर्खेतमा लकडाउनको अवज्ञा गर्ने सयौं सवारीसाधन नियन्त्रणमा

सुर्खेत :

कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने सवारीसाधनहरू ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुर्खेतमा लकडाउनको अवज्ञा गर्ने सयौंको संख्यामा सवारीसाधन नियन्त्रणमा

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार सुर्खेत उपत्यकाका विभिन्न स्थानबाट  (बुधबार) दिनभरमा सयौंको संख्यामा साधनलाई नियन्त्रणमा लिइएको थियो । लकडाउनको अवज्ञा गर्दै सञ्चालन गरिएका सवारीसाधन विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको  जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए ।

नियन्त्रणमा लिइएका सवारीसाधनका चालकलाई दिनभर नियन्त्रणमा लिएर सम्झाइबुझाई छाडिएको पनि निरीक्षक  रायमाझीले बताए । उनले घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई समेत सम्झाइबुझाई गरेर घरतर्फ नै फर्काइएको जानकारी दिए ।

सरकारले लकडाउनको समयमा अत्यावश्यक सेवा र पासका सवारीसाधन मात्रै चल्न पाउने व्यवस्था गरेको छ । अन्य सवारीसाधन नचलाउन र सर्वसाधारणलाई घरबाट ननिस्कनसमेत आग्रह गरिएको छ ।