Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

लकडाउन अवज्ञा गर्ने २५ सवारी साधन प्रहरीकाे नियन्त्रणमा

सुर्खेत ।

विश्वभर नै त्रसित बनाएको कोरोना भाइसर (कोभिड–१९) को नेपालमा प्रभाव हुँदा सरकारले देशभर चैत्र ११  गतेदेखि २५ गतेसम्म लकडाउन गरेको छ ।

लकडाउन भइरहँदा साे कार्यकाे  अवज्ञा गर्ने  २५ सावारी साधनलाई प्रहरीले सुर्खेतको विभिन्न ठाउँबाट अाज नियन्त्रणमा लिएको हो ।

लकडाउनको अवज्ञा गर्ने ती सावरी साधनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेले जानएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझीका अनुसार ८ मोटरसाइक,१ स्कुटर जिल्ला प्रहरी कार्यालयमा राखिएको, १ अटो १ मोटरसाइकल गरी दुइ सावरी साधन इलाका प्रहरी कार्यालय लेकवेशीमा नियन्त्रणमा लिइएको, ५ मोटरसाइकल, २ स्कुटर गरी ७ सवारी साधन नगर प्रहरी कार्यालय सुर्खेतमा राखिएको, ३ मोटरसाइकल र १ स्कुटर गरी ४ सावरी साधन प्रहरी चौकी बाङ्गेसिमलमा नियन्त्रणमा लिइ सोही ठाउँमा राखीएको र ३ मोटरसाइकल अस्थाइ प्रहरी पोष्ट लाटीकोइली मा राखिएको छ ।