नेपालमा कोरोना भाइरस सक्रमितको संख्या ९ पुग्यो
सुर्खेत ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पनि आफ्नो फेसबुक पेजमार्फत नेपालमा कोरोनाका थप तीनजना बिरामी भेटिएको उल्लेख गर्नुभएको छ ।
भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्ष युवा, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षका बयस्क र यसअघि कैलालीमा सङ्क्रमित भेटिएका पुरूषको आफन्त कैलालीका ३४ वर्षका महिलामा सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।
योसँगै नेपालमा कोभिड १९ सङ्क्रमितको सङ्ख्या ९ पुगेको छ ।
योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना सङक्रमण भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले आफ्नो वेबसाइटमा नेपालमा कोरोनाका थप ३ जना नयाँ सङक्रमित फेला परेको उल्लेख गरेको छ ।








