Loading... आजः १५ बैशाख २०८१, शनिबार । Saturday 27th April 2024

सुर्खेत उद्याेग वाणिज्य संघद्वारा प्रजिअ मार्फत अर्थ मन्त्रालयलाई आठ बुँदे माग

सुर्खेत ।

बन्दाबन्दी अवधिमा व्यवसायीहरु मारमा परेको भन्दै सुर्खेत उद्याेग वाणिज्य संघले अर्थ मन्त्रालयलार्इ आठ बुदे मागपत्र बुझाँएको छ।
संघले प्रमुख जिल्ला अघिकारी मार्फत मागपत्र बुझाँउदै बन्दाबन्दी अवधी भरको ब्याज पुर्णरुपमा मिनाहा गर्नुपर्ने माग राखेको छ।
कोरोना भार्इरस रोकथामको लागी सरकारले गरेको बन्दाबन्दी कारण सम्पुर्ण व्यवसायी धरापमा परेको भन्दै राज्य उठाउने कर तथा शुल्कहरु छुट गर्न माग गरेको हो।

संघले बन्दाबन्दीले पारेको प्रभावबारे विस्तृत अध्ययन तथा राहत एवम सहयोगको प्याकेज निर्धारण गर्न निजिक्षेत्रको समेत सहभागितामा उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरेको छ।

यस्तै यो अवधिमा बन्द रहेका उधोग प्रतिष्ठानहरुलार्इ नगद अनुदान तथा बन्दाबन्दीको अवस्थासम्मको लागी श्रमित, कर्मचारीको तलब भुक्तानीका लागी पचास प्रतिशत आर्थिक अनुदान दिन सरकारसंग माग गरेका छन।
मागपत्रमा कृषि, उर्जा, पर्यटन, र पुर्वाधार विकास लगायतका क्षेत्रलार्इ प्रथामिकता दिनुपर्ने भन्दै बन्दाबन्दी हटेको छ महिना पछि मात्र कर बुझाउनर् व्यस्था मिलाउनु पर्ने भनिएको छ।

संघका अध्यक्ष धनवहादुर रावत र महासचिव लक्ष्म कंडेलद्धारा हस्ताक्षर मागपत्रमा घरधनिलार्इ मार नपर्ने गरेर घरभाडा मिनाहाका लागी नीतिगत निर्णय लिनुपर्ने माग गरिएको छ।
संघले व्यवासींहरुको समस्या समधानको लागी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत ध्यानआकर्षण गराएको छ।
संघका महासचिव कंडेलले साना खुद्रा व्यापारी देखी सबै व्यवसायी नै धरासयी अवस्थामा पुगेको भन्दै राज्यको ध्यानयसर्तफ जानुपर्ने उल्लेख गर्नुभयो।