म अलपत्र परें आमा

सुशीलराज शर्मा

सुशीलराज शर्मा

म अलपत्र परें आमा,
म मेरै भूमिमा ।।
म बन्धनमा परें आमा,
कोरोनाको महाप्रलयमा ।।

म अलपत्रमा छु आमा,
मलाई थाहा छ, फुपु घर दुई कोष टाढा छैन ।
जहाँ हराएको छु म, मामा घर धेरै दुर छैन,
तर मलाई कसैको घरमा बास छैन, म हराए आमा ।।

पुरापुर पन्ध्र दिन पैतला नचाएँ आमा,
मानौ शिर पाउ फलामबाट बनेका हुन् ।
कम्ता सास्ति काटिन मैले,
तर अझै म सडकमा अलपत्र छु आमा ।।

मेरै वारीको डिल दशगजा बनेछ आमा,
तैनाथ हतियारधारी विदेशी सेवक झैं ।
लाग्छ, भिमकाय युद्धको विभिषिका मेरै माटोले थेग्दैछ,
र म युद्धको शत्रु हुँ,जति वेला पनि शिकार बन्न सक्छु ।।

आमा भोकै छ पेट,नाङ्गै खुट्टाले घरको चौखोटमा पुग्न,
दिनरात, निन्द्रा, प्यास विर्सियो ज्यानले ।
मरेछु भने, वेवाारिसे हुने छ मेरो लाश,
मेरो समाज धर्मले मलाई विर्सिनेछ,आमा ।।

मैले घर छोड्दा जहानलाई एक गास थिएन,
रहरले मुग्लान पसिन बरै ।
लगाउने लत्ता एक सरो थिएन,
त्यसैका लागि मेरै भूमि आज पराई बन्यो आमा ।।

म अलपत्र परे आमा
कुदेका छैनन् भनूँ भने चार पांग्रे दौडिएका छन्
हिंडेका छैनन् भनू भनेँ म जस्तै हजारौ सडकमा छन्
दौडिएका पास भएकाहरु
म फेल भएका भित्र परेँ रे
यो विपत्तमा कसले लिएछ परिक्षा
कोही पास कोही फेल
सरकार, तेरो तराजुमा खिया लागेछ ।।

कसैगरी
घर आउने रहर पुरा भएछ भने
तिम्रै काखमा शिल्ताउने छु आमा
नत्र छोडुवा पिण्ड दिनु मेरा नामबाट
तिमी रहुञ्जेलै,
जल शेचन गरी तराजुमा खिया लगाउनेको नाममा ।।

(सुर्खेत लकडाउन)

हाम्राकुरा डटकम बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *