गजल – सावित्रा लुइँटेल घिमिरे
गजल – सावित्रा लुइँटेल घिमिरे

आश्वासन मात्रै किन नहोस् घाउमा मल्हम हुन्छ
सत्य हो जो कसैलाई ज्यानको माया हरदम हुन्छ !!
मृत्युको पर्वाह नगरी जनसेवामा लाग्नेहरूलाई
यो युगमा ईश्वरको उपमा दिँदा अझै कम हुन्छ !!
आतङ्क कोलाहल र भय भोग्दै जाँदा बित्यो घडा
यही सोच्छु खुसीको पल खै कुनबेला आगम हुन्छ !!
हरेक साल विषम परिस्थितिको सामना गर्नु पर्ने
यो जगत्को अनिष्ट आखिर कहिले खत्तम हुन्छ !!
कुनै निश्चित समय हुँदैन सत्मार्ग अनि सेवाको
सकेको सबैले गरौं हामीसँग मात्र एक जनम हुन्छ !!
आश्वासन मात्रै किन नहोस् घाउमा मल्हम हुन्छ
सत्य हो जो कसैलाई ज्यानको माया हरदम हुन्छ !!
झापा बिर्तामोड
घिमिरे गजलका साथै मुक्तक विधामा समेत कलम चलाउनु हुन्छ ।






