Loading... आजः ६ जेष्ठ २०८१, आईतवार । Sunday 19th May 2024

लकडाउनमा डेढलाख बढिको च्याउ विक्री

सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगरमा चयाउ खेती गर्ने किसानको नाम लिष्ट हेर्ने हो भने इमान सिं बस्नेतको नाम अग्रपंक्तिमा पर्दछ । निक्कै मिहिनेती र सफल उद्यमीको रुपमा चिनिने बस्नेतले लकडाउनको अवधिमा मात्र डेढ लाख बढिको च्याउ बेचेका छन् । बस्नेतले क्वीकखबरसँग कुरा गर्दै भने ‘च्याउ उत्पादन हुनै लाग्दा लकडाउन पनि भयो । अब च्याउले बजार नपाउने भयो भन्ने चिन्ताले सताएको थियो । तर लकडाउन अवधिमै उत्पादन भउको च्याउले बजार पायो सन्तोष भएको छ ।’


प्रायः आजभोलीको मौसम च्याउ उत्पादनका लागि प्रतिकूल मौसम भएपनि यस वर्ष चैत्र वैशाखमा पनि लगातार भएको वर्षात् र च्याउका लागि अनुकूल हुने गरि निर्माण गरिएको उत्पादन क्षेत्र नै प्रभावकारी भएको बस्नेतले बताए ।

साढे तीन लाखको लगानीमा उनले यतिबेला च्याउ उत्पादन गरिरहेका छन् । चैत्र वैशाख ज्यादै गर्मी हुने समय भएकाले बस्नेतले च्याउ उत्पादन गर्ने टनेलको छानामा समेत पानी हाल्ने व्यवस्था मिलाएका छन् । कतिपय ग्राहकहरु उत्पादन क्षेत्रमा च्याउ किन्नका लागि आउँछन् भने कतिपय कहाँ उनी आफैले पु¥याइदिने गरेका छन् । उनी भन्छन्, ‘लकडाउन छ भनेर खाली बस्नु भन्दा त्यसलाई कसरी उत्पादनमूलक बनाउने भन्ने बारेमा सोच्न सक्नु पर्छ । जसले गर्दा अर्काको भरमा पर्नु नपरोस् ।’


सरकारले कृषकलाई अनुदान दिने कुरा कानुनमा भए पनि व्यवहारमा लागू नभएको बस्नेतको गुनासो छ । उनले भने, ‘जे जति गरेका छौं हाम्रो आफ्नै बलबुताले गरेका छौं । च्याउ खेतीका लागि हाइटेक टनेल, पास्चराइजेसन सिस्टम (पराल पकाउँदा च्याउलाई चाहिने मात्रा निर्धारण गर्ने) तथा उच्चस्तरीय प्रविधि राज्यले उपलब्ध गराउनुपर्ने उनको सुझाव छ । बस्नेत च्याउ मात्र नभई बेमौसमी तरकारी खेतीमा पनि अब्बल छन् ।